बिश्वमा नै सेलिब्रेटिहरुले लगाउने ड्रेसहरुको चर्चा परिचर्चा निकै हुने गर्दछ । अझ सेलिब्रेटिले बिशेष कार्यक्रमहरुमा लगाएको पहिरनले धेरैको ध्यान आकर्षण गर्दछन् । बिशेष गरी फिमेल सेलिब्रेटिहरुको ड्रेसको चर्चा बढि हुने गर्दछ । भर्खरै मात्र बलिउड बाट हलिउडमा प्रबेस गरेकी नायिका दीपीका पादुकोणले ड्रेसकै कारण अहिले चर्चा पाएकी छिन् । दीपीकाले केहि ७ हलिउड नायिकाहरुको ड्रेसको कपि गरेको देखिन्छ ।
१. जेनिफर लोपेजः अमेरीकन नायिका, डान्सर तथा फेशन डिजाइनर रहेकी जेनीफर लोपेजले सन् २०१२मा लामो गोल्ड र ह्वाईट कलरको शिम्मेरी सिमेट्रिकल डे«समा एकेडेमी अवार्डस्को रेड कार्पेटमा देखिएकी थिईन् । नायिका दीपीका पादुकोण पनि यसै ड्रेसको कपि गर्दै भर्खरै मात्र सम्पन्न भएको जी सिने अवार्डको रेड कार्पेटमा देखिईन् ।
२.जुलीया म्यारी बर्मानःदीपीकाले त्यस्तै अर्की हलिउड नायिका जुलिया म्यारीको ड्रेसको पनि कपि गरेकी छिन् । जुन रातो रङ्गको डे«स रहेको छ । जुलीयाले उक्त ड्रेस ४० औ एम्मी अवार्डमा लगाएकी थिईन् । दीपिकाले पनि सोहि डे«सको कपि गर्नुका साथै कपालको स्टाईल पनि कपि गरेको देखिन्छ ।
३.आश्ले बेन्सन ः दीपीकाले आश्ले बेन्सनको स्पार्कलिन डे«सको पनि कपि गरेकी छिन् । जुन डे«स लगाएर आश्लेले २०१२ को ब्युटि अवार्डमा सहभागीता जनाएकी थिईन् । तर यस डे«समा भने दीपीकाले अलि फरक तरीकामा देखिन्छीन् । आश्लेको यस ड्रेसलाई मोडल जेन्नी म्याक कार्थिले पनि लगाएकी थिईन् ।
४.लेडि भिक्टोरीया हार्भेइः
दीपीकाले लेडि भिक्टोरीयाको गोल्डेन कलरको डे«सलाई कालो कलरमा चेन्ज गरेकी छिन् । उक्त ड्रेसको कलर चेन्ज नगरीएको भए केही पनि फरक देखिने थिएन । त्यति मात्र नभएर दीपीकाले लेडि भिक्टोरीयाको हेयर स्टाईल पनि कपि गरेकी छिन् । लेडि भिक्टोरीयाले ५९ औ फिल्मफेयर अवार्डमा उक्त पहिरनमा देखिएकी थिइन् । उनी ईङलिस मोडल हुन् ।
५.जो साल्डानाः अमेरीकन नायिका जो साल्डाना र दीपीका दुवै एउटै ड्रेस र कलरमा फरक इभेन्टमा देखिएका छन् ।
केहि वर्ष पहिले देखिएको उनिहरुको ड्रेस चाँहि दिपिका या जो कस्ले कपि गरेका हुन् त्यो चाहि उनिहरुलाई नै थाहा होला । जे होस दुवै जना उक्त ड्रेसमा राम्री देखिएका छन् ।
६.केट हडसन्ःअमेरीकन नायिका केट हडसनले २००१मा गोल्डेन ग्लोब अवार्ड जितिन् । केटले लगाएकी कालो कलरको ड्रेसलाई दिपीकाले पनि सन् २०१४मा जितेकी स्क्रीन अवार्डमा कपि गरेकीछिन् । उनि उक्त ड्रेसमा निकै राम्री देखिन्थिन् तर उनले ओरीजिनल ड्रेसको बारेमा भने सोच्न सकीनन् ।
७.क्याली मिनोग्ः अष्ट्रेलियन सिङगर क्यालीे मिनोग्को सुन्तला कलरको ड्रेस पनि दीपीकाले कपि गरेको देखिन्छ ।
जुन सुन्तला रङ्गको ड्रेसमा क्यालीले पिपुल म्यागजीनमा आफ्नो फोटो छापेकी थिईन् । यस कुरालाई हेर्दा दीपीका क्यालीको ठुलो फ्यान भएकी देखिन्छिन् । बलिउडमा दीपीका मात्र नभएर अन्य नायिकाहरुले पनि त्यस्तै हलीउडका नायिकाहरुको ड्रेसको कपि गरीराखेका पाईन्छन् । उनिहरुले डिट्टु कपि नगरे पनि केहि मोडिफाइड गरेर उनिहरुको ड्रेसको कपि गरेका पाईन्छन् । जस्तै दीपीका पादुकोणका साथै करीना कपुर, ऐश्वर्य राई बच्चन,सोनाम कपुर,दीया मिर्जा लगाएतले पनि हलीउडका नायिकाहरुको ड्रेसहरु कपि गर्ने गरेका छन् । सबै भन्दा बढि चाहि दीपीकाले गरेकीछिन् ।
Tuesday, May 10, 2016
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment