300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Sunday, May 15, 2016

Tagged under:

यसरी भयो आगे-आगे सोनाक्षी सिन्हा, पछि-पछि नेपाली जर्नेल...

काठमाडौँ :  ‘अमरपंक्षी’ शनिबार राति उडिसकेको छ। सैनिक श्रीमती संघको आयोजनामा सैनिक मञ्चमा भएको यो कार्यक्रम सकिसकेपछि मात्र विवादमा तानिएको छ। 


सेनाको स्वागत

कार्यक्रममा सहभागी हुन बलिउड हिरोइन सोनाक्षी सिन्हा शुक्रबार काठमाडौँ आइपुगेकी थिइन्। उनको स्वागतमा सैनिक पोशाकमै सेना पुगेको फोटो शुक्रबारै छ्याप्छ्याप्ती भइसकेको थियो। तर पोशाकमा पुग्नेमा नेपाली सेनाका जर्नेल समीर शाही पुगेको खुलासा दुई दिनपछि आइतबार बल्ल ‘कान्तिपुर’ले गर्‍यो। 



फोटो साभार : कान्तिपुर

‘कान्तिपुर’ ले पहिलो पेजमा राखेको यो समाचारपछि नेपालमा एकताका ‘महानायक’ को उपाधि दिइएका राजेश हमालले समेत चित्त दुखाएका छन्। 

आफ्नो फेसबुकमा उनले लेखेका छन्-‘ नेपाल सेना राष्ट्रको गौरव हो। तर जब आज मैले आजको समाचार पढेँ, एक नागरिकका रुपमा मेरो गर्व चकनाचुर भयो। यो देशको एक कलाकारको नाताले मैले आफूलाई अपमानित महसूस गरेँ। विदेशी कलाकारलाई उहाँहरुले स्वागत गर्नुपरेको भए सादा पोशाकमा गर्नुपर्थ्यो।‘

प्रतिबन्धित होर्डिङ बोर्डको प्रयोग 

काठमाडौँमा होर्डिङ बोर्डमाथि प्रतिबन्ध लगाइएको लामो समय भइसकेको छ। सात वर्षको निरन्तर प्रयासपछि २०७० सालमा बल्ल काठमाडौं होर्डिङ बोर्ड मुक्त बनेको थियो।   तर यो कार्यक्रमका लागि टुँडिखेल वरपर पोशाकमै खटिएका सैनिकले ठूल्ठूला होर्डिङ बोर्ड राखे। 





त्यतिमात्र होइन, सैनिक मुख्यालयको मुख्य द्वारमा समेत भारतीय र नेपाली हिरोइनको ग्ल्यामर देखाउने होर्डिङ बोर्ड गजबसँग सजाइयो, जुन अझै पनि हटाइएको छैन। 

त्यस्तै पुतलीसडक नजिकैको सैनिक चहलपहल हुने सिंहदरबारको कम्पाउन्डभित्रबाट अर्को होर्डिङ बोर्ड सजाइएको थियो। यस विषयमा प्रश्न उठाउने कोही भएनन्। 




प्रधानसेनापति राजेन्द्र क्षेत्री कार्यक्रम स्थलमा। फोटो: रासस





प्रधान सेनापति क्षेत्री आफ्नी पत्नीका साथ सोनाक्षी र मलाइकालाई टोकन अफ लभ दिँदै। कार्यक्रमको आयोजना प्रधान सेनापति पत्नी अध्यक्ष रहेको सैनिक श्रीमती संघले गरेको हो। 

सामाजिक सञ्जालमा चर्को आलोचना

सोनाक्षीलाई जर्नेलको स्वागतको समाचार सोनाक्षी फर्किएपछि बल्ल सामाजिक सञ्जालमा बहसमा आएको छ।

0 comments:

Post a Comment