भिडियो हेर्नकोलागी माथिको बक्समा डबल क्लिक गर्नुहोस
एजेन्सी – यस प्रविधिको युगमा हामी जुनसुकै कुरा खोज्न, जान्न वा पत्ता लगाउन ‘गुगल सर्च इन्जिन’को प्रयोग गर्छौ । अहिले त झनै गुगलले धेरै भाषामा सजिलै सर्च गरेर पत्ता लगाउने सुविधा पनि दिएको छ, जसको हामीले भरपुर उपयोग पनि गरिरहेका छौ । तर, तपाईले ध्यानमा राख्नु पर्ने कुरा गुगलमा जुनसुकै कुरा सर्च गर्न तपाईका लागि दुर्घटनाभन्दा कम नहुनु सक्छ । तपाईलाई थाहा नुहुनसक्छ, कि गुगलमा तपाईले गर्नुभएको प्रत्येक सर्चको पुरा रेकर्ड राखिएको हुन्छ ।यहाँ यस्ता केही चिज तपाईलाई बताउँछौ जुन सर्च गर्न हुँदैन । ठेगाना – एक रिपोर्टअनुसार, यति तपाईले आफ्नो ठेगाना सर्च गर्नुभएमा तपाईको लोकेसन(ठेगाना)सँग सम्बन्धित ‘सर्च’को आधारमा तपाईको ठेगाना, छिमेकी, उमेर र लिंगको पत्ता लगाउन एकदमै सजिलो हुन्छ । गुगलले जहिले चाह्यो प्रयोग गर्न सक्छ, जसले गर्दा तपाईको गोपनियताको खतरा बढ्न सक्छ ।
(अमेरिकन सिभिल लिवर्टीको रिपोर्टको आधारमा) रोग वा औषधी – यदि तपाईले कुनै रोग र औषधिसँग जोडिएका कुनै पनि चिज ‘सर्च’ गर्नुभयो भने त्यसको डाटा तेस्रो समूह कहाँ पठाइन्छ र डाटाको आधारमा रोगको उपचारको विज्ञापन पाठाइन्छ । उक्त पठाएको चिकित्सा जानकारी आपराधिक वेबसाइटको साथमा सेयर गरिन्छ, जुन चिकित्सामा छलका लागि प्रयोग गरिन्छ ।
(अन्नेलबर्ग स्कूलको अध्ययन) असुरक्षित सामाग्री – कहिले काही तपाई असुरक्षित लागेका वा डर लाग्ने कुरासँग सम्बन्धित सामाग्री ‘सर्च’ गर्नुहुन्छ । छेउछाउमा विज्ञापन आउन सुरु हुन्छ, जसले गर्दा तपाईलाई फलो गरिरहेको महशुस हुनसक्छ । तपाईले ति विज्ञापनहरुलाई ‘क्लिक’ नगर्नु भए सुरक्षित रहनसक्नुहुन्छ । शंकालु वस्तु – गुगलमा तपाई कहिले पनि शंकालु वस्तु वा चिजको सर्च नगनुहोस् । तपाईको घरमा प्रहरीको टोलीले छापा मार्न सक्नेसम्म हुन सक्छ । अमेरिकामा एक दम्पतीको घरमा प्रेसर कुकरलाई प्रशर कुकर बम ‘सर्च’ गरेको शंका लागेर प्रहरीले तलाशी लिएको थियो ।
परिचय – यदि तपाइले परिचय पत्ता लगाउनका लागि गुगलमा सर्च गर्नुहुन्छ । गुगलमा ‘सर्च हिस्ट्री’को पुरा डाटा रहिरहन्छ । जुन लिक भएमा तपाईका लागि असुरक्षित बन्न सक्छ । तपाईको परिचय (आइडेन्टीटी) थाहा पाएपछि आपराधिक विज्ञापन भटाभट पठाउन थाल्छ । इमेल आइडी – आफ्नो इमले आइडी गुगलको सर्च इन्जिनमा हाल्नु हुँदैन । यस्तो गर्नाले तपाईको अकान्ट नै ह्याक हुने, पासपोर्ट लिक हुने र कुनै आपराधिक साइटमा फस्ने हुनसक्छ । (प्रविधि एक्पर्टका अनुसार)
0 comments:
Post a Comment