संसारमा प्रविधिको विकास अद्भूत तवरले नै भइरहेको छ । प्रविधीकै कारण अब हुदाँ हुदाँ मानिसहरुले जनावरले बोलेको भाषा पनि बुझ्ने भएका छन् ।
अब बिरालो म्याउ गर्दा त्यसलाई मानिसको भाषामा बुझ्न सकिने तवरले अनुवाद गर्ने स्मार्ट कोलारको विकास
भएको छ । यस कोलारलाई क्याटरबक्स नाम दिइएको छ ।
लण्डनको विज्ञापन कम्पनी एडम एन्ड इभबिबिसीले यस्तो विकास गरेको हो । कम्पनीले भनेको छन् –‘हामीले सकेसम्म मानिसले बुझ्ने गरी बिरालोले म्याउ गरेको भाषालाई अनुवाद हुने किसिमबाट यसको विकास गरेका छौ ।
हामी हाम्रो मिसनमा सफल हुनेछौ ।’ यस्तो प्रविधीको बक्साको प्रवद्र्धनात्मक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । यस बक्सलाई क्याटरबक्स नाम दिइएको छ । प्राय बिरालोले के गर्छ र के गर्न चाहन्छ भन्ने बुझ्नलाई कठीन हुन्छ । कुुकुर जसरी बिरालोको क्रियाकलापका विषयमा मानिस पहिल्यै अवगत हुन सक्दैनन् । तर यस प्रविधीको विकासपछि बिरालोले बोलेको प्रस्टै बुझिने भएकाले मानिसलाई उसको व्यवहार थाहा हुने बताइएको छ ।
Friday, May 6, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment