300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Monday, June 13, 2016

Tagged under:

सिद्धार्थसँग ब्रेकअपपछि आलियाले भनिन्-‘म घरमा बसेर रुने यूवती होइन’

बलिउड नायक सिद्धार्थ मल्होत्रा र नायिका आलिया भट्टको प्रेम चर्चाले मिडियामा लामै समय स्थान पायो । तर, अब यो जोडी अलग भैसकेको खबर मिडियामा फैलिएको छ । यस बिषयमा पहिलो पटक मुख खोल्दै आलियाले भनेकी छिन्-‘मेरो बुबाको केही सम्बन्ध असफल भएका छन् । हामीमध्ये केही मानिसको जीवनमा यस्तै हुन्छ, जसको प्रेम असफल हुन्छ ।

तर, यस्ता खालका सम्बन्धले हामीलाई भित्रैबाट बलियो बनाउँछ । मेरो पनि प्रेमको पहिलो अनुभव यस्तै रहेको छ । म पनि एउटा प्रेम सम्बन्धमा थिएँ, तर अब मुक्त छु ।’ उनले आफू केही प्राप्त गर्नका लागि यो क्षेत्रमा आएको भन्दै घरमा बसेर रुने यूवती नभएको बताइन् । मिडियाको जिज्ञासामा उनले भनिन्-‘यदि तपाइले सिद्धार्थको कुरा गर्नु भएको छ भने हामी दुबै व्यवसायिक छौ । जबसम्म हामी काम गर्छौ, एक अर्कासँग जोडिएका हुन्छौ । तर, काम सकिएपछि अलग हुन्छौ । प्रेमको कुरा फन्डा मात्र हो ।’

0 comments:

Post a Comment