एभरेष्ट दैनिक डट कम । गर्मीको समयमा बिजुली गएर हैरान हुनुहुन्छ र केही राहत पाउने आशमा इन्र्भटर जोड्ने योजनामा हुनुहुन्छ भने यस्ता चिजमा ध्यान पुराउनु आवश्यक छ।
बजारमा अनेकौं प्रकारका विज्ञापन हुन्छ, त्यस्ता वि ज्ञापनको प्रलोभनमा नपरि आफुलाई आवश्यक पर्ने विजुली र त्यसलाई सर्पोट गर्ने व्याकअप क्षमता बुझेर मात्र इन्र्भटर किन्नु नै बुद्धिमानी हुन्छ ।
घरमा इन्र्भटर किन्नु अगाडी बत्ति गइसकेपछि तपाईलाई घरमा के कामको लागि विजुली अवाश्यक छ त्यो छुट्टाउनुहोस । यही आधारमा तपाईलाई आवश्यक इन्र्भटरको क्षमता अनुसार किन्न सक्नुहुन्छ ।
कारको इन्जिनको क्षमता ८००,१२०० ,१५०० सीसी भएको आधारमा कारको गति निर्धारण हुन्छ ।
त्यस्तै इन्र्भटरको पनि क्षमता हुन्छ जसले बिजुलीको लोड पुरा गर्न सक्छ ।
मानौं , बक्ति गएपछि तपाई लाई एउटा पंखा( ९० वाट), एकवटा बक्ति( ५० वाट), एकवटा सीएफएल(२५ वाट), टीभी( १५० वाट) को बिजुली क्षमता भएको इन्र्भटर चाहनुहुन्छ र करिब ६ घण्टासम्मको व्याकअप खोज्नुहुन्छ भने १.९२ किलो वाटको क्षमता भएको इन्र्भटर आवश्यक पर्छ ।
बिजुली काटिएपछि तपाई जुन इलोट्रोनिक समानलाई चलाउन चाहनुहुन्छ त्यसको विद्युत क्षमताको आधारमा मुल्याङकन गर्नुहोस् । जस्तो
पंखा–७५–९० वाटको क्षमता छ भने त्यसलाई ९० वाट मान्नुपर्छ ।
एक ट्युव लाइट– ४५ देखि ५० वाट
एक सीएफएल –करीब २५ वाट
टीभी– करीब ५० देखि १५० वाटसम्म
सेट अफ बक्स– ८ देखि २५ वाट सम्म
ल्यापटप– ५० वाट
वाईफाई रुटर – ५ वाट्स
Saturday, June 4, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment