300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Thursday, June 9, 2016

Tagged under:

३ वर्षकी बच्ची, जसले दिनमा १३ घण्टा खाइरहन्छिन्

स्वस्थ मानिस कसलाई पो खाने कुरामा रुची नजाग्ला, यदि मनपर्ने खानेकुरा खान पाइयो भने ? तर कहिलेकाहीँ यहीँ खाना मानिसको लागि सजायँ बनेर आइदिन्छ, जुन कुनै रोगभन्दा कम लाग्दैन । मानिसहरु पेट भर्नका लागि खाना खान्छन् तर एकजना यस्ती बच्ची छिन् जसले जिउँदो रहनकै लागि हरेक घण्टा खाना खाइरहन्छिन् । यदि हरेक घण्टा खाना खाइनन् भने उनको मृत्यु हुन सक्छ ।

उनलाई एक खतरनाक रोग लागेको छ, जुन करोडौँ मानिसमा एकजनालाई लाग्दछ । अमेरिकाकी ३ वषर्ीया डिपरोज नामकी ती बालिकाले दिनमा १३ घण्टा त नलीबाट लगातार खानेकुरा लिइरहनुपर्छ । चाहे भोक लागोस्, चाहे नलागोस् । यदि लगातार खान पाइनन् भने उनी सिकिस्त बन्छिन् र कोमामा पुग्छिन् अनि मृत्यु हुनसक्छ । उनको ब्लड सुगर लेवल केवल ०.१ मात्र थियो जबकी उक्त मात्रा ०.४ हुनु आवश्यक छ ।

 यी बालिकाको सरीरमा एउटा इनजाइमको अभाव छ जसका कारण उनको सरीरले चिनीको मात्रालाई कायम राख्न सक्दैन । यसलाई ग्लाइकोजन स्टोरेज डिजिज टाइप वान बी भनिन्छ । जसका कारण सरीरमा हरेक ९० मिनेटमा खानेकुरा पूराउन जरुरी हुन्छ । कोमाबाट बच्नका लागि उनी पूर्णरुपमा मेसिनमा निर्भर हुनुपर्छ ।

0 comments:

Post a Comment