300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, June 17, 2016

Tagged under:

अमेरिकाबाट करिष्माकी छोरीको प्रश्न ‘ममी के भयो देशकै बेइज्जत गर्यौं रे?’

काठमाडौं—सदाबहार सुन्दरी नायिका करिष्मा मानन्धरले अाफूलार्इ एकाबिहानै छाेरी कविताले अमेरिकाबाट फोन गरेर देशकै बेइज्जत गर्यौ रे भनेर सोधेको बताएकी छिन् । नयाँ शक्ति नेपालको केन्द्रीय परिषद सदस्य समेत रहेकी करिष्माले आफ्नो फेसबुकमामार्फत सो कुरा बताएकी हुन् । नयाँ शक्ति नेपालको पार्टी घोषणा सभामा सञ्चालक रहेकी करिष्माको कार्यक्रम राम्रोसँग सञ्चालन गर्न नसकेपछि निकै आलोचना भएको थियो । लामो समय अमेरिका बसेको भएपनि कार्यक्रममा करिष्माले अंग्रेजीको राम्रो प्रोनाउन्स गर्न सकेकी थिइनन् । यस्तै उनले अरु पनि विभिन्न गल्ती गरेकी थिइन ।

जस्तो, कांग्रेस नेता प्रदीप गिरीलाई प्रदीप भट्टराई भनेर बोलाएको, प्रधानमन्त्रीलाई मञ्चमा बोलाउँदा यतिबेला तपाईहरु बोर भएर बसिरहनु भएको होला तर चाडै स्टेजमा आउँदैं हुनुहुन्छ पीएम केपीजी’लगायतका गल्तीहरु गरेकी थिइन । सामाजिक सञ्जालमा पनि उनले चुस्त रुपमा कार्यक्रम सञ्चालन गर्न नसकेको, पटक—पटक विगारेको भन्दैं उनी आलोचनाको तारो बनेकी थिइन । कतिपयले त करिष्मालाई कार्यक्रम समेत चलाउन नआउने भनेर उडाएका थिए ।

आफ्नी आमाको चर्को आलोचना सोसल मिडियामा देखेपछि कविताले फोन गरेर उक्त प्रश्न सोधेकी हुन् । करिश्माले लेखेकी छिन्, ‘मेरी छोरी कविताले युएसबाट विहानै फोन गरेर सोधिन मामी के भयो तिमीले देशकै वेइज्जत ग¥यौं रे ?’ त्यसपछि करिष्माले आफूले कुटनीतिक ढंगको जवाफ फर्काएको बताएकी छिन् । उनले लेखेकी छिन्, ‘अनि मैले भने छोरी मैले तिमीलाई जन्म दिए तर म चाहिँ फेरि जन्मिदैंछु ।’

0 comments:

Post a Comment