300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Wednesday, June 15, 2016

Tagged under:

रक्षा गर्ला त स्पेनले उपाधि ? यी हुन् ५ आधार

चेक रिपब्लिकमाथिको जितसँगै स्पेनको युरोपियन च्याम्पियनसिपको यात्रा सुरु भएको छ । र, उसको लक्ष्य छ कि युरो कपको उपाधिमा हृयाट्रिक गर्ने । चेक रिपब्लिकसँग गर्नु परेको संघर्षका कारण धेरैले स्पेनले उपाधि रक्षा गर्नेमा शंका गरेका छन् । तर, प्रशिक्षक भिन्सेन्ट डेल बोस्क र स्पेनका समर्थक आशावादी हुने ठाउँ पनि छ । स्पेनले लगातार तेस्रोपटक उपाधि जित्नेमा आशावादी हुनु पर्ने पाँच कारण यस्ता छन् । १. खेल्ने स्टाइल स्पेनले फेरि एकपटक आफ्नो फुटबल खेल्ने शैली अन्तिम समयसम्म पनि हार नमान्ने खालको हो भने देखाएको छ ।

 उसको शैली बललाई मिडफिल्ड एसियामा घुमाउने र विपक्षीलाई लगातार दबाव दिने देखिएको छ । चेक रिपब्लिकको खेलमा स्पेनिस डिफेण्डरहरु अधिकांश समय मिडफिल्डमा हुन्थे । २. एकतावद्ध टोली स्पेन एउटा एकतावद्ध टोली हो, जहाँ खेलाडीहरुको बीचको आपसी एकता अभुतपूर्वकरुपमा बलियो छ । उनीहरुले मैदान बाहिरका सबै विवादलाई पन्छाएर खेलमा केन्द्रित भएका छन् । खासगरी जेरार्ड पिके र सर्जिओ रामोसबीचको सम्वन्धले टिमलाई उर्जा मिलेको छ ।

 चेक रिपब्लिकविरुद्ध पिकेले गोल गर्दा दुबैले एक साथ खुसी मनाएका थिए । ३. आन्द्रे इनिष्टा चेक रिपब्लिकविरुद्धको खेलमा म्यान अफ दि म्याच इनिष्टाको प्रदर्शन लोभलाग्दो थियो । एक वर्षसम्म रेस्ट लिएर प्रतियोगितामा आउँदा उनी दुरुस्त र र्फममा छन् । उनी टिमलाई अघि बढाउन र फाइनल किलर बल हान्न सक्षम देखिएका छन्, जुन स्पेनको पहिलो खेलमा उनले देखाए । यदि उनले यहि र्फम कायमै राखे भने स्पेन यो प्रतियोगितामा लामो यात्रा गर्न सफल हुनेछ ।

 ४. सबै क्षेत्रबाट गोल मंगलबारको खेलमा गोल गर्न साविकको विजेताले निकै समय पर्खनु परेको थियो । तर, उसले धेरै अवसर सृजना गरेको थियो । उसले मोराटा र आरिट अयुरिटमामा भर पर्नु पर्दैन । नोलिटो, डेभिड सिल्भा र थिएगो पनि फिनिसर बन्न सक्छन् । ५. बेन्चको शक्ति डेल बोस्कले कोके, एडुरिच र अल्कान्टारा जस्ता खेलाडीलाई बेन्चबाट उठाएर मैदानमा उतार्न सक्छन् । यस्तो सुविधा अन्य टिमलाई विरलै छ । उनीहरु आफ्नो क्लबमा महत्वपूर्ण सदस्य हुन् र स्पेनिस टिममा मौका पाउँदा आफूलाई प्रमाणित गर्न सक्छन् ।

0 comments:

Post a Comment