300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, June 10, 2016

Tagged under:

धनीको सूचीबाट शेष घले ‘नकआउट’

सिड्नी । एनआरएनका अध्यक्ष समेत रहेका नेपाली मुलका अष्ट्रेलियन नागरिक शेष घले धनीहरूको सूचीबाट यस वर्ष बाहिरिएका छन् । घले १००औँ ५ नम्बरमा धेकेलिएका हुन् । शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनी व्यक्तिहरूको एक सयौँको सूचीमा परेका थिए ।

 अघिल्लो वर्ष शेष र जमुना ९९औं स्थानमा थिए । गत वर्ष ५ सय २८ मिलियन अष्ट्रेलियन डलर सम्पति रहेको घले दम्पत्तीको सम्पत्तिमा भने कमी आएको छैन । सन् २०१५ को धनीहरुको सूचीबाट ६ स्थान तल झर्दा पनि घले दम्पतीको सम्पति यो वर्ष करिब ५८ मिलियन अष्ट्रेलियन डलरले बढेको छ ।

 यो वृद्धिसँगै शेष घले र जमुना गुरुङको कुल सम्पति ५ सय ८६ मिलियन पुगेको द अष्ट्रेलियन फाइनान्सियल रिभ्यू (एएफआर)ले प्रकाशित गरेको छ । बीआरडब्लू रिच २०० को सूची फेयरफ्याक्स मिडियाले प्रकाशित गर्ने ‘बिजनेस रिभ्यू विक्ली’ मा प्रत्येक वर्षको मे वा जुन महिनामा प्रकाशित हुने गरेकोमा बीआरडब्लूको प्रकाशन बन्द भएपछि फेयरफ्याक्सले नै प्रकाशित गर्ने अष्ट्रेलियाको लोकप्रिय आर्थिक दैनिक एएफआरले प्रकाशित गर्ने गरेको छ

0 comments:

Post a Comment