एजेन्सी। बलिउड अभिनेता सलमान खानकी कथित गर्लफ्रेन्ड लुलिया वन्तुरले विवाहबारे गरिएका सबै अड्कलवाजी खारेज गरिदिएकी छिन् ।
यसअघि उनीहरुको यही वर्षभित्र विवाह गर्ने व्यापक चर्चा चलेको थियो । शनिवार सामाजिक संजाल ट्वीटर र इन्स्ट्राग्राम लेख्दै लुलियाले आफुले विवाह गर्ने कुरा सबै हल्ला मात्र भएको बताएकी छिन् ।
त्यहाँ उनले लेखेकी छिन्,”मैले यस्ता अफवाहको खण्डन गर्नुपर्छ भन्ने पनि सोचिनं तर अब विवाहको हल्लाबारे मैले प्रतिक्रिया दिनैपर्छ ।” त्यही पोस्टमा उनले थप लेखेकी छिन्,”मलाई विवाह गर्न कुनै हतार छैन। “
Wednesday, June 1, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment