300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Thursday, June 2, 2016

Tagged under:

‘सुल्तान’का कारण सलमान र आमिरको दुरी बढ्यो, ‘दंगाल’ नायक असन्तुष्ट

बलिउडका दुई चर्चित नायक सलमान र आमिर खान मिल्ने साथी मानिन्छन् । सलमान र आमिरको मित्रताको बिषयमा चर्चा पनि खुबै हुने गरेको छ । विशेषगरि, नायक साहरुख खान र सलमान खानको लडाई चल्दा आमिर सलमान निकट थिए । तर, अहिले एक चलचित्रका कारण सलमान र आमिरविच तिक्तता सुरु भएको भारतीय मिडियाको दाबी छ ।

 सलमानले अभिनय गरेको चलचित्र ‘सुल्तान’ जुलाई ८ बाट रिलिज हुँदैछ । यो चलचित्रमा सलमान रेसलरको भूमिकामा छन् । उता, आमिर खानले अभिनय गरिरहेको चलचित्र ‘दंगाल’ क्रिसमसमा रिलिज हुँदैछ, यो चलचित्रमा पनि आमिर रेसलरको भूमिकामा छन् । आमिरको चलचित्र छायांकन सुरु हुँदा सलमानको चलचित्रको छायांकन हुने अत्तोपत्तो थिएन ।

तर, यशराज ब्यानरले एकाएक ‘सुल्तान’को छायांकन गर्‍यो र प्रदर्शन मिति तोक्यो । मिडियाको दाबी अनुसार आमिरसँग ‘सुल्तान’का निर्माता आदित्य चोपडाले चलचित्र ‘दंगाल’ पछि रिलिज गर्ने प्रतिवद्धता जनाएका थिए । तर, आमिरको चलचित्रको छायांकन ढिलो भयो भने सलमानले चाडै नै काम भ्याए । अब, कथावस्तु र निर्माण तरिका उस्तै भएपछि आमिर खान तनावमा छन् । चलचित्रको ट्रेलर रिलिज भएपछि आमिरले आदित्य चोपडालाई फोन गरेको मिडियाको दाबी छ । कथावस्तु र निर्माण तरिका एउटै भएपछि आमिर अहिले चलचित्रको प्रदर्शन मिति सार्ने तयारीमा लागेको मिडियाको दाबी छ ।

0 comments:

Post a Comment