अंडरवेर (कट्टु) कस्तो लगाउने भन्नेमा मानिसको ध्यान जाँदैन । भित्र लगाउने भएकाले पनि यसमा ध्यान जान नसकेको हो । तर सहि कट्टु नलगाउदा पुरुषहरुमा धेरै स्वास्थ्य समस्या देखिन सक्छ । बिभिन्न अनुसन्धानहरुले कट्टुका कारण पनि पुरुषमा प्रजनन क्षमता कम हुने देखाएको छ ।
फ्रान्समा भएको एक अनुसन्धानले सन् १९९० को दशकपछि विश्वमा स्पर्म काउन्ट (प्रति मिलिलीटर वीर्यमा शुक्राणुको संख्या) घट्दै गएको देखाएको छ । यो अध्ययनले शुक्राणुको क्षमता पनि कम हुदै गएको देखाएको थियो । यो अध्ययनले सन् १९८५ देखी सन् २००५ को बीचमा स्पर्म काउन्ट ३० प्रतिशतले कमी भएको देखाएको हो । फ्रान्सका पुरुषमा एक तिहाइले स्पर्म काउन्ट भएको देखिएको थियो ।
अनुसन्धानकर्ताले यसकोकारण खानपान र टाइट कट्टु भन्ने निष्कर्स निकालेका छन् । अधिकांश पुरुषहरु कट्टु खरिदमा महिलामा भर पर्दा समस्या देखीने गरेको उनीहरुले बताएका छन् । सेन्थेटिक कट्टुले सबैभन्दा बढी असर गर्ने गरेको बताइन्छ । सेन्थेटिक कट्टु ढिला सुक्ने हुँदा त्यसले दाद, चिलाउने समस्या तथा अन्य संक्रमण हुने गर्दछ । त्यसैले कट्टु राम्रो गुणस्तरको हुनुपर्ने अध्ययनले देखाएको हो । कट्टु फिटिङ पनि हुनुपर्छ । टाइट र लुज दबै कट्टु राम्रो मानिदैन । एजेन्सि
Friday, June 3, 2016
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment