300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Wednesday, June 29, 2016

Tagged under:

बलात्कार पिडितले मागिन् सलमानसँग १० करोड

नयाँदिल्ली– फिल्म ‘सुल्तान’को प्रमोशनका लागि बलात्कृत महिलालाई जोडेर सलमान खानले गरेको टीप्पणी महंगिदै गएको छ ।

 सार्वजनिक आलोचना खेपिरहेका उनलाई एक बलात्कार पीडित युवतीले आफ्नो भावनामा ठेस पुर्याएको र सामाजिक रुपमा अपमान गरेकोमा अदालतमा १० करोड क्षतिपूर्ति माग दाबी गरेकी छिन् । पञ्जाव हरियाणाको हाई कोर्टका माध्यमबाट सलमानलाई कानूनी नोटिस पुगेको बताइएको छ । पीडितले भनेकी छिन्, ‘यो सार्वजनिक टीप्पणीले मेरो छवी धुमिल भएको छ । मानसिक र शाररिक रुपमा आघात बेहोरिरहेकी छु ।’

पीडितका वकिलले कानूनी नोटिस प्राप्त गरेको १५ दिनभित्र १० करोड नदिए सलमान विरुद्ध कडा कानूनी लडाइँ लड्ने बताएक छन् । उनी विरुद्ध सिभिल र आपराधिक कानून उलंघन गरेको मुद्दा हालिने बताइएका छन् । बलात्कार पीडित युवतीलाई ८ जनाले सामूहिक बलात्कार गरेका थिए । १८ सेपेटेम्बर २०१२ मा भएको थियो यो घटना । त्यसपछि पीडितका पिताले आत्महत्या गरेका थिए । सलमानले नयाँ फिल्म ‘सुुल्तान’को प्रमोशन अन्र्तवार्ताका कुस्तिको सुटिङपछि आफ्नो हालत बलात्कृत महिलाको जस्तै हुने गरेको बताएका थिए । आज तक बाट

0 comments:

Post a Comment