300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Sunday, June 12, 2016

Tagged under:

दशरथ रंगशालाबाट बाबुरामले गरे पत्याउनै नसकिने पाँच कुरा

काठमाडौँ, ३० जेठ । नयाँ शक्ति नेपालले आर्थिक विकास समृद्धि पार्टीको प्रमुख एजेन्डा भएको घोषणा गरेको छ । नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले दशरथ रङ्गशालामा आज आयोजित पार्टी स्थापना घोषणा सभालाई सम्बोधन गर्दै आफ्नो पार्टी कसैका विरुद्ध नभई समृद्ध नेपाल निर्माणार्थ खडा भएको उल्लेख गर्नुभयो । अब हुने स्थानीय निकायको निर्वाचन र आम निर्वाचनमा पार्टीलाई पहिलो शक्तिका रुपमा स्थापित गर्ने उद्घोष पनि उहाँले गर्नुभयो ।

 “नेपालको पहिलो राजनीतिक खण्ड भौगोलिक एकीकरण, दोस्रो राजनीतिक स्वतन्त्रताले बितेकामा अबको तेस्रो खण्डमा समृद्धि र आर्थिक विकासलाई प्राथमिकता दिनुपर्छ, सात वर्षमा गरिबी र बेरोजगारीको अन्त्य, १५ वर्षमा मध्यमस्तरको विकास एवम् २५ वर्षमा नेपाललाई विश्वकै धनी देश बनाउन सकिन्छ”– उहाँले भन्नुभयो । प्राकृतिक स्रोतका हिसाबले नेपाल विश्वकै १० धनी देशमध्येमा पर्ने भएकाले त्यसको भरपूर उपयोग गरेर समृद्धि र विकासको लक्ष्य हासिल गरिने उहाँको भनाइ थियो । सबैको घर नबनेसम्म निजी सम्पत्ति जोड्दिन दलको आगामी कार्ययोजना प्रस्तुत गदै संयोजक भट्टराईले देशका सबै जनताको घर नबनेसम्म निजी सम्पत्ति नजोड्ने प्रतिज्ञा गर्नुभयो । “

जबसम्म यो देशमा सबै मान्छेको घर हुन्न तबसम्म आफ्ना निजी सम्पत्ति जोड्ने छैन, यो मेरो भीष्म प्रतिज्ञा हो”– उहाँले भन्नुभयो । शिक्षाको अभावमा नारी कति पछि परेका छन् भन्ने उदाहरणस्वरुप आफ्नी आमाको कारुणिक प्रशङ्ग उल्लेख गर्दै डा भट्टराईले महिलालाई समान र समावेशी सहभागिता सुनिश्चित गरिनुपर्नेमा जोड दिनुभयो । मधेसी, खस आर्य र जनजातिलगायत सबै वर्गको समानुपातिक प्रतिनिधित्व दलमा गराइने उहाँको भनाइ थियो । मौलाउँदो भ्रष्टाचार न्यून गर्न दलले राजनीतिमा शुद्धीकरण अभियान सुरु गर्ने घोषणा पनि भट्टराईले गर्नुुभयो ।

घोषणासभामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा स्थायी शान्ति र लगानीको वातावरण बनाउन नयाँ शक्तिका साथ मिल्ने विश्वास व्यक्त गर्नुभयो । “स्थायी शान्ति र लगानीको वातावरणले मात्र देशमा समृद्धि र विकासको सोचलाई पूरा गर्न सक्छ”– उहाँले भन्नुभयो । सभामा नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराले राजनीतिक नेतृत्वबिना आर्थिक विकास सम्भव नभएको बताउनुभयो । “पार्टीले सारेको समृद्धि र आर्थिक विकासको विकल्प निरासामा नबद्लियोस्”– उहाँले भन्नुभयो ।

कार्यक्रममा सङ्घीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, काँग्रेस नेता प्रदीप गिरी र डा सुरेन्द्रप्रसाद चौधरी, राप्रपा नेपालका नेता सुशीलकुमार श्रेष्ठ, राप्रपाका सुनीलबहादुर थापा, भारतीय जनता दल युनाइटेडका महासचिव केसी त्यागी, भारतीय राष्ट्रिय काँग्रेसका महासचिव एवम् विधायक डिपी त्रिपाठी, भारतीय बहुजन पार्टीका प्रवक्ता सुधीन्द्र भादोरिया, तिसरी दुनियाँका सम्पादक आनन्दस्वरुप बर्मा, नयाँ शक्तिका रामचन्द्र झा, दुर्गा सोब र पर्शुराम तामाङलगायतका वक्ताले अबको निकास, आर्थिक विकास भन्ने दलको नारालाई सफल बनाउन शुभकामना व्यक्त गर्नुभयो ।

0 comments:

Post a Comment