300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, June 10, 2016

Tagged under:

विकास बोर्डलाई ‘पोर्न स्टार’ किन प्यारो ?

विकास बोर्डलाई ‘पोर्न स्टार’ किन प्यारो ? काठमाडौं : चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईका लागि पोर्न स्टार बन्छु भन्दै हिँडेकी अर्चना पनेरु नै प्यारी भएकी छन् । त्यस्ता कलाकारलाई रोक्न होइन, बोक्नमा व्यस्त छन् राजकुमार । निर्माता र निर्देशकमाथि अनावश्यक सीमा लगाउन खुट्टा उचाल्ने राईले नायक/नायिकालाई कुनै आचारसंहिता लगाएका छैनन् । यस्तै दृश्य देखियो, चलचित्र ‘छेस्को’को प्रेस मिटमा । उनै अर्चना पनेरु अभिनीत चलचित्र ‘छेस्को’को छायांकन रोक्दा बोर्ड अध्यक्ष राजकुमारले जिल्ला प्रशासन कार्यालय, कास्कीलाई पत्र पठाएका थिए ।

नाम, विषय र कलाकारका कारण अनुमति नदिइएको चलचित्रको छायांकन भइरहेकाले रोक्न पत्र पठाएको थियो । चलचित्रमा अर्चना पनेरु नै मुख्य कलाकार थिइन् । यत्रो लफडा भए पनि अन्तिममा चलचित्रको नाम र कलाकारमा केही परिवर्तन नगरी बोर्डले निर्माण अनुमति दियो र लोक हँसायो । त्यतिबेला बोर्ड अध्यक्षले अर्चना पनेरुमाथि नै आपत्ति जनाएका थिए तर ‘छेस्को’को पत्रकार सम्मेलनमा बोर्ड अध्यक्ष राई नै प्रमुख अतिथि भएर पुगे । चलचित्रलाई शुभकामना दिएसँगै उनको आलोचना सुरु भएको छ ।

उता, ‘गाजाबाजा’ चलचित्रको नाममै आपत्ति जनाउँदै बोर्डले निर्माण अनुमति नदिएपछि यसका निर्देशक सर्वोच्चमा मुद्दा लडिरहेका छन् । अर्काेतिर यस्ता छाडा चलचित्र बनिरहेका छन् । यता, चलचित्र विकास बोर्डमा संगृहीत झन्डै ३ हजार नेपाली सिनेमाको रिल नष्ट हुने अवस्थामा पुगेको छ । यी रिल नष्ट भएको खण्डमा नेपाली सिनेमा क्षेत्रको इतिहास नै नष्ट हुने चिन्ता छ ।

१६ एमएम र ३५ एमएमका ३ रिलमा पहिलो चलचित्र सत्य हरिशचन्ददेखिका पुराना ऐतिहासिक चलचित्रको अर्काइभ गरिएको थियो । अहिले ती रिलै नष्ट हुने अवस्थामा पुग्न लाग्दासमेत रिल सुरक्षित गर्नेतर्फ बोर्डको ध्यान जान सकेको छैन । जनआस्था साप्ताहिकबाट

0 comments:

Post a Comment