300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Wednesday, June 1, 2016

Tagged under:

विहे गरेकी श्रीमती ‘भर्जिन’ नभएपछि…

एजेन्सी । महाराष्ट्रको नासिकमा विहे गरेको दुई दिनमै एक पुरुषले श्रीमतीसँग छोडपत्र गरेका छन् । विहे गरेकी श्रीमती ‘भर्जिन’ कुमारी नभएको भन्दै पञ्चायतबाटै ती पुरुषले छोडपत्र गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पञ्चायतसामु श्रीमतीले विहे अघि नै कुमारीत्व गुमाएको आरोप पुष्टि ती युवकले गरेका थिए । यसैआधारमा नासिकको यो गाउँमा जात पञ्चायतले नवविवाहित युवती भर्जिन नरहेको निष्कर्ष निकाल्दै छोडपत्र गर्न पाउने आदेश दिएको थियो ।

नवविवाहित युवती कुमारी हुन वा होइनन् यसको फैसला गर्न पञ्चायतले दुबैलाई विस्तरामा यौनसम्पर्क गर्न लगाएका थिए । यौनसम्पर्कपछि विस्तराको तन्नामा कुनै दाग मिलेन भने युवतीलाई भर्जिन मानिने छैन् भनिएको थियो । ठिक त्यसै भयो । यो घटनामा युवती पक्षले भने उनी पुलिस भर्तीको तयारीमा रहेको र त्यसका लागि कडा शारीरिक अभ्यास गरिरहेकी थिइन् ।

जसका कारण यस्तो भएको बताएको छ । पञ्चायतको यो फैसलाविरुद्ध पीडित युवती र उनकी आमा प्रहरीमा जान खोजेका थिए तर, उनका बुवाले रोकेका छन् । यति मात्रै होइन् आमा छोरीलाई करिब एक हप्तासम्म घरमा नजरबन्दमा पनि राखेका थिए । अन्तमा आमाछोरी मिडियाको सम्पर्कमा आएपछि यो घटना बाहिर आयो । (भारतीय सञ्चारमाध्यमको सहयोगमा)

0 comments:

Post a Comment