300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, June 10, 2016

Tagged under:

पत्नीलाई फकाउन झोला उपहार

बलिउडमा ‘सिरियल किसर' को छवि बनाएका अभिनेता इमरान हसमी अहिले पनि यस्तो छविप्रति गौरव गर्छन् । तर विवाहपछि पर्दाकै लागि भए पनि नायिकासँगको चुम्बनले उनलाई अप्ठ्यारो हुने गरेको छ । चलचित्रमा किसिङ सिन दिएपछि पत्नीलाई फकाउन र खुसी बनाउन नयाँ ब्याग उपहार दिने गरेको उनले खुलासा गरेका छन् ।

‘चलचित्रमा मेरो किसिङ सिनका कारण श्रीमती बेखुसी हुन्छिन् । तर उनलाई नयाँ ब्याग उपहार दिएर म खुसी बनाउने प्रयास गर्छु', उनले भनेका छन् । इमरानले यी सबै कुरा उनको पुस्तक ‘द किस अफ लाइफ' को विमोचन कार्यक्रममा खुलाएका हुन् । कार्यक्रममा सञ्चारकर्मीले राखेको ‘नायिकासँग किसिङ सिन दिँदा श्रीमतीको प्रतिक्रिया कस्तो हुन्छ ?

' भन्ने जिज्ञासामा उनले यस्तो बताएका हुन् । ‘सुरुसुरुमा चलचित्रमा त्यस्ता दृश्य देखेपछि श्रीमती रिसाउने गर्थिन् । उनी रिसाएपछि मलाई ब्यागले हान्थिन्', ठट्टा गर्दै इमरानले भने, ‘हिजोआज ब्यागको सट्टा हातैले हिर्काउन थालेकी छन् तर दुख्ने गरी कहिल्यै हानेकी छैनन् ।'

 पुस्तक विमोचन समारोहमा ‘ श्रीमती रिसाएको बेला गहना उपहार दिनुहुन्न ? ' भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले श्रीमती ब्यागको सोखिन भएकाले सधं नयाँ ब्याग उपहार दिँदै आएको बताए । ‘दर्शक मलाई सिरियल किसरको रूपमा देख्न चाहन्छन् तर मेरी श्रीमतीलाई यसमा जलन हुन्छ', इमरानले भने, ‘मानिसले त यतिसम्म भन्ने गर्छन्, जुन चलचित्रमा मेरो किसिङ सिन हुँदैन, त्यो फ्लप हुन्छ तर मेरा केही चलचित्र किसिङ सिनबिना पनि हिट भएका छन् ।'

0 comments:

Post a Comment