जेष्ठ २३, २०७३- बेल्जियममा एक नेपाली महिलाले आत्महत्या गरेकी छिन् । काठमाडौं मैतीदेवीकी २९ वर्षीया सरिता थापाले बेल्जियमको लुभेनस्थित आफ्नै कोठामा बिहिबार राती डोरीले पासो लगाई आत्महत्या गरेकी हुन् ।
घटनास्थलमा पुगेका प्रहरी र चिकित्सकले थापाले आत्महत्या गरेको पुष्ठी भएपछि गैर आवासीय नेपालीहरुलाई मृतक रहेको स्थानमा जाने समयको कार्यतालिका उपलब्ध गराएको गैर आवासीय नेपाली संघका सचिव अर्जुनकुमार श्रेष्ठले बताए ।
थापाको अन्तिम संस्कार बेल्जियमको होल्सवेकमा बुधवार बिहान गरिने भएको छ । थापाको ५ वर्षीय एक नावालक छोरा छन् ।
मृतक थापा राजु थापाकी श्रीमती हुन् । उनि करिव सात वर्ष अघि बेल्जियम आएकी थिइन् । करिब १६ वर्ष देखि बेल्जियममा बसोवास गर्दै आइरहेका राजु थापा व्यवसायी हुन् । व्यवसायी राजुकी पत्नीको निधनको खबरले बेल्जियमका गैर आवासीय नेपालीहरु स्तब्ध भएका छन् ।
प्रकाशित: जेष्ठ २३, २०७३
Sunday, June 5, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment