नायिका तथा निर्मात्री सुस्मिता बमजमले निर्माण गरेको चलचित्र ‘म त तिम्रै हुँ’को ट्रेलर रिलिज भएको छ । काठमाण्डौको क्यूज हलमा आयोजित पत्रकार सम्मेलनमा यूवापूस्ता लक्षित प्रेमकथामा आधारित यो चलचित्रको ट्रेलर रिलिज गरिएको हो ।
नायक अनमोल केसी र सुवास थापाले चलचित्रमा लगानी गरेका छन् ।
साउन ७ गतेबाट यो चलचित्र देशभर रिलिज हुनेछ । श्रीराम महत्तले निर्देशन गरेको यो चलचित्रमा नयाँ कलाकारको बाहुल्यता छ । आकाश श्रेष्ठ, जीवन भट्टराई, सुशन खड्का, अनुपम श्रेष्ठ, अर्जुन खड्का, ज्योत्स्ना योगी यसका मुख्य कलाकार हुन् ।कार्यक्रममा बोल्दै निर्मात्री सुस्मिताले यूवापूस्तालाई लक्षित गरेर एउटा मनपर्ने कथामा चलचित्र बनाउन खोजेको बताइन् ।
निर्देशक महत्तले चलचित्रको बारेमा धेरै नबोल्ने भन्दै दर्शकको मुल्यांकनको प्रतिक्षा गरेको बताए । नयाँ कलाकार आकाश श्रेष्ठले आफूले अहिले नै चलचित्र क्षेत्रमा करिअर नसोचेको बताए । कथावस्तु मन परेकाले मात्र आफूले यो चलचित्र गरेको उनले बताए ।
चलचित्रको ट्रेलरमा यूवायूवतीको प्रेमकथा र त्यसमा एक महिलाको प्रवेशपछि हुने उतारचढावलाई देखाउन खोजिऐको छ । चलचित्रको गीत र ट्रेलर हेर्दा यसको छायांकन, क्वालिटी, दृश्य उत्कृष्ट लाग्छ ।
Monday, June 6, 2016
Tagged under: Entertainment
यूवतीसँग प्रेम-महिलासँग रोमान्स, ‘म त तिम्रै हुँ’को यस्तो ट्रेलर(भिडियो)
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment