300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Monday, June 13, 2016

Tagged under:

भूकम्पले फाटेको जमिन बग्न थाल्यो

सिन्धुलीमा पहिरोले ४ घर बगायो, ६ घर विस्थापित बसेरी (सिन्धुली): भुवनेश्वरी-८ बसेरीका झिल्के सार्कीको परिवार अहिले छिमेकको टहरोमा पुगेको छ। गत शुक्रबार आएको वर्षाले पाखै बगाएर ल्याउँदा सार्कीको अस्थायी टहरोसमेत बगाएपछि सार्की परिवार छिमेकीकोमा सरणमा पुगेको हो। सार्कीको जस्तै भूकम्पका कारण धाँजा फाटेको पाखो बगेर आउँदा बसेरीका चार घर बगेका छन्। ६ घर पहिरोको उच्च जोखिममा छन्। पहिरोको जोखिममा रहेका घर परिवार अस्थायी टहरोबाट पनि विस्थापित भएका छन्


स्थानीय अगुवा गौरव कार्कीका अनुसार बसेरीका झिल्के सार्की, जितमान माझी, नारयण घिमिरे र रमेश घिमिरेको घरमा बस्तीमाथिबाट बगेर आएको पहिरोले बगाएर क्षति पुर्याएको छ। शमशेर सार्की, निराजन घिमिरेलगायतका ६ घर उच्च जोखिममा छन्। उनीहरू भूकम्पका कारण अस्थायी टहरोमा बस्दै आएका थिए। उनीहरू अस्थायी टहरोमा पनि पहिरो बग्न थालेपछि त्रासका कारण विस्थापित भएर बसेका छन्। 'एक वर्षदेखि अस्थायी टहरोमा बसेका थियौं। फेरि अर्को बज्रपात आइलाग्यो। पानीसँगै पाखो बगेर आउँदा अस्थायी टहरो पनि बगाएर लग्यो।

अहिले बस्ने बास पनि रहेन,' पहिरोपीडित झिल्केले भने। कहिले पनि नबग्ने बस्तीमाथिको पाखो एक्कासि बगेर टहरोलाई सुनकोसी नदीमा मिसाइदिएको उनको भनाइ छ। गत वर्षको भूकम्पका कारण गाउँमाथिको बस्तीमा पूरै धाँजा फाटेको छ। अहिले आकाशमा कालो बादल मडारिन थालेपछि उनको परिवार रातभर जाग्राम बस्छ। भूकम्पले धाँजा फाटेको पूरै गाउँ वर्षाले बगाउने त्रास बढेपछि सार्की परिवारमा अत्यास बढेको छ। 'एकातिर भूकम्पका कारण अस्थायी टहरामा कष्ठपूर्ण जीवन बिताउनु परेको छ। अर्कातिर बस्ती नै बगाउँने गरी पहिरो बग्न थालेको छ,' पीडित नारायण घिमिरेले भने, 'अस्थायी टहरोमै बसौं कतिबेला पहिरोले सुनकोसीमा मिसाउने हो थाहा छैन।

अन्त जाउ,ँ जाने ठाउँ छैन। पानी पर्न थालेपछि दिउँसो छिमेकीकोमा बस्छौं। रातमा रातभर जाग्राम बस्छौं।' जिल्लाको भीमेश्वर गाविस—४, आँधिसराको दलित बस्तीको पनि उस्तै हालत छ। भूकम्पपछि पहिरोको उच्च जोखिम भएको बन्दै स्थानीय सात घर सार्की परिवार विस्थापित भएको एक वर्ष भयो। तर पनि वर्षा सुरुभएसँगै भूकम्पले धाँजा फाटेको बाराभन्ञ्याङ सल्लेनीको पाखो बग्न थालेपछि त्यसमुनि बसेका ३० घर परिवार रामनाम जपेर दिन रात काट्न बाध्य छन्। स्थानीय दुण्डीराज बर्देवाका अनुसार पहिरोले सात घर विस्थापित हुनुका साथै अन्य ३० घर उच्च जोखिममा छन्। भूकम्पका कारण रिचाचिरा भएर धाँजा फाटेको बाराडाँडो बग्न थालेको छ। '

त्यहाँ अहिले ठूलो पहिरो गएको छ। पहिरोबाट आएको ढुंगाले विस्थापितको घरमा क्षति पुर्यएको छ। अलि ठूलो वर्षा भए सिंगै बस्ती बगाउने खतरा छ,' उनले भने। भूकम्पलगत्तै जोखिम बस्तीको निरीक्षणका लागि आइपुगेको संसदीय समितिले समेत उक्त बस्तीलाई पहिरोको उच्च जोखिममा रहेको जनाएको थियो। तर अहिलेसम्म जोखिमयुक्त बस्तीका सात घर परिवारबाहेक अन्य परिवार सुरक्षित स्थानमा स्थान्तरण हुन सकेका छैनन्। अन्त जाने ठाउँ छैन। बस्नलाई त्रास छ। धमाधम वर्षा सुरु हुँदैछ कतिबेला पहिरोले ज्यान लाने हो भन्दै पीडितहरूले सुरक्षित स्थानको खोजी गरदिन माग गरेको भीमेश्वर गाविसका सहायक प्राविधिक गुणराज चौलागार्इँले बताए। 'पीडितहरूले कि बस्ती सुरक्षित छ भन्नु पर्यो। कि सुरक्षित स्थानमा सारी दिनुपर्यो।

भूकम्पपछि पनि दिनरात त्रासैत्रासमा बस्नु परेको भन्दै माग गरेका छन्,' चौलगाँईले भने।भूकम्पपछि जिल्लाको भुवनेश्वरी, भीमेश्वर, जलकन्या, कपिलाकोट, मझुवा, झाँगाझोली, दुम्जा, नेत्रकाली, बस्तीपुर, तामाजोर, हरिहरपुरगढी, पोखरी, बितिजोर, डुढभन्ञ्याङ, खांसाङ, रत्नावतीलगायतका एक दर्जनबढी गाविसहरू पहिरोको उच्च जोखिममा छन्। यी गाविसहरूका विभिन्न बस्तीहरू भूकम्पपछि पहिरोको जोखिममा रहेको अध्ययनले देखाएको थियो। तर ती बस्तीहरू भूकम्प गएको एक वर्ष पूरा हुँदासम्म सुरक्षित स्थानमा सार्न सकिएको छैन। यस वर्षको वर्षाले दर्जनौं बस्ती बगाउने खतरा रहेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

 घरलाई नै आधा चिरा बनाएर झण्डै एक किलोमिटर बस्तीमा धाँजा फाटेपछि पहिरोको त्रास सिर्जना भएको कपिलाकोट कात्तिके खलंगाका टेकबहादुर रानामगरको भनाइ छ। बस्ती नै बग्ने गरी जमिन चिरिएकाले वर्षा लाग्दै जाँदा मनमा त्रास बढ्दै गएको उनी बताउँछन्। 'भूकम्पले त केही बाँकी राखेन। अस्थायी टहरोमा बसेको जमिन पनि सुरक्षित छैन। एक वर्षदेखि न दिनमा भोक, न रातमा निद्रा भएका छौं,' रानागमरले गुनासो सुनाए। खलंगामा ४० परिवार बस्छन्।

 डाँडा पूरै चिरापरेपछि यसपटकको वर्षामा बस्ती रहने हो कि होइन भन्ने उनीहरूमा चिन्ता थपिएको छ। सरकारले पुनर्निर्मााण्का लागि रकम दिने भने पनि अहिलेसम्म उनीहरूले पाउन सकेका छैनन्। रकम कहिले पाउने हो ठेगान छैन। 'पाए पनि कहाँ गएर घर बनाउने हो टुंगो छैन। आफू जाने ठाउँ छैन। सरकारले एक वर्षदेखि सुरक्षित स्थान देखाउन पनि सकेन,' उनले भने। जिल्लामा ३४ हजारले पुनर्निर्माणका लागि अनुदान पाउने प्राधिकरणले जनाएको छ। तर अनुदानका लागि एक हजार एक सय परिवासँग मात्र सम्झौता भए पनि एकजनाले पनि जिल्लामा रकम पाउन सकेका छैनन्। जिल्लाको जलकन्या गाविसको पनि सिस्ने पाखो बग्न थालेको छ।

२०४१ सालमा उक्त पाखो बग्दा गाउँका सयौ घर बगाएको थियो। त्यसयता निरन्तर पहिरो बगिरहेको सिस्ने पाखो गत वर्षको भूकम्पपछि थप जोखिममा छ। उक्त पहिरो बगे गाविसको सातवटा वडा प्रभावित हुने स्थानीय बताउँछन्। मझुवा गाविसको ३ र ६ नम्बर वडा पनि पहिरोको उच्च जोखिममा छन्। भूकम्पले चिराचिरा भएको जमिनमा पहिरो बग्न थालेपछि त्रासमा बस्नु परेको मझुवा—६ धोद्रेका जंगबहादुर पुलामी बताउँछन्।

 आफूहरूले एकपछि अर्को विपत्तिको सामाना गर्दै आए पनि सरकारले भूकम्पपीडितलाई बिर्सँदै गएको उनको गुनासो छ। 'सरकारले एक वर्षअघि नै जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा सार्ने र पुनर्निर्माणका लागि अनुदान दिने भने पनि हालसम्म न पुनर्निर्माणको रकम पाइयो न सुरक्षित स्थाननै देखाइयो। अब फेरि बाढी र पहिरोको सामना गर्न बाध्य हुनुपर्ने भयो,' उनले भने।

0 comments:

Post a Comment