300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Saturday, June 11, 2016

Tagged under:

काठमाडौंदेखि दिल्लीसम्म यसरी पुग्छन् महिला

महेन्द्रनगर, ३० जेठ । मानव बेचविखनका विरुद्धमा काम गर्ने संघसंस्थाको काम गर्ने तरिका भन्दा बेचविखनमा संलग्न दाललको सञ्जाल बढी सक्रिय छ । काठमाडौं–दिल्ली बस सेवा सञ्चालन भएपछि मानव बेचविखनका घटना ह्वात्तै बढेको भन्दै सीमा क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाले बसमा चेकजाँच बढाएपछि दलालहरूले बसबाट जान छाडेका छन् । बसमा कडा चेकजाँच हुन थालेकाले दलालहरुले एजेन्टमाफर्त काठमाडौंदेखि महेन्द्रनगरसम्म आउने र एक–दुई दिन महेन्द्रनगरका होटेलमा बसेर फेरि वनबसा जाने गरेका छन् ।

शुक्रबार मात्रै महत्तरीकी २५ वर्षीया एक युवतीलाई माइती नेपाल कञ्चनपुरले भारतीय शहर बनबसा पुगेपछि उद्धार गरेर ल्याएको छ । हेटौँडा घर भई काठमाडौंमा बस्दै आएकी सानु भनिने माया तामाङले ४ दिन पहिले कञ्चनपुरको महेन्द्रनगरसम्म पठाएकी युवती ३ दिन महेन्द्रनगरको पोखरा होटेलमा बसेको भेटिएकी छन् ।

 युवतीले ल्याएको झोला भारतीय युवकले मोटरसाइकलमा लगिदिएको र उक्त कार्यमा महेन्द्रनगरका अन्य एक व्यक्तिले पनि सहयोग गरेको थाहा हुन आएको माइती नेपाल स्रोतले जनाएको छ । ती व्यक्तिको पहिचान भने हुन सकेको छैन् । यसरी झोलासहितको सामान पहिले पठाइसकेर शुक्रबार बेलुका एउटा हेन्डब्याक मात्रै बोकेर भारतीय नम्बर प्लेटको मोटरसाइकलमा गड्डाचौकी हुँदै वनबसा गएकी ती युवतीलाई भारतीय प्रहरीको सहयोगमा माइती नेपाल उद्धार गरेको हो ।

 दिल्ली हुँदै विदेश जान हिँडेकी युवतीलाई वनबसासम्म पुगाउने युवक भने फरार छन् । काठमाडौंमा बसेर मानब वेचविखनको काम गर्दै आइरहेकी माया तामाङले नै फोनका माध्यमबाट यो बन्दोवस्त मिलाएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभयो । ‘हामीले काठमाडौं–दिल्ली बसबाट दलालले नेपाली महिलालाई भारत लैजाने भन्दै वसमा निगरानी बढायौ, दलालहरुले अर्कै तरिका अपनाए, संयोजक भट्टले भनिन्, अब त महेन्द्रनगरका दलालहरु होटेलहरुमा बसेर शानसँग महिलालाई लैजान थालेका छन् ।’

कतिपय घटनामा त दलालले नै बस भाडा, खाना खर्च र कोठा खर्च समेत उपलब्ध गराएको हुन्छ । स्थानीय महिला जस्तै बनेर एउटा हेन्डब्याग मात्रै बोकेर जान्छन्, धेरै केरकार गर्न पनि गाह्रो छ, संयोजक भट्टले भनिन्–‘भारतीय मोटरसाइकवाला व्यक्तिको सम्बन्ध नेपालीसँग छ, नेपालीले पनि सहयोग गरेका छन्, पहिचान हुन मात्रै नसकेको हो ।’ ‘माइती नेपालले होटेलमा गएर चेकजाँच समस्या हुन्छ, यसमा प्रहरी सक्रिय हुनुपर्छ’, भट्टले भनिन् । केही दिन पहिलेपनि कञ्चनपुरको बसपार्कस्थित एक होटेलबाट कैलालीको लम्कीका बालिकाको उद्धार गरिएको थियो । उक्त घटनापछि होटेलमा चेकजाँच बढाउने प्रहरीले बताएपनि बेचविखनका घटना भने रोकिएका छैनन् । कञ्चनपुरलाई मानब बेचविखनको संवेदनशील जिल्लका रुपमा लिएर काम गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ


। आफूले बेलुका होटेलहरुमा चेकिङ गर्ने तर, काठमाडौंबाट आएका गाडी बिहान पुग्ने र गाडीबाट उत्रेर होटलमा एक छिन बस्ने भन्दै युवतीहरु र दलालहरु बसेको पाइएको प्रहरीले जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी केदार खनालले आजैबाट होटेलमा बसेका मान्छेको ईन्ट्री छ की छैन भन्ने बारेमा समेत जानकारी दिने बताउनुभयो ।

 महेन्द्रनगरबाट चल्ने मुन्द्रे यातायातको पनि मानब बेचविखनमा ठूलो हात भएको हुन सक्ने भएकाले यसतर्फ ध्यान केन्द्रित गरिएको छ डिएसपी खनालले भने, पूर्वी नेपालबाट दल्ली तथा बैदेशिक रोजगारीका नाममा जान लागेका युवती तथा महिलाहरुलाई दलालहरुले मुन्द्र यातायातबाटै बनबसासम्म पु-याउने गरेको छ ।

यसमा बसका चालक, सहचालक, मुन्द्र यातायात, भारतीय तथा नेपाली नागरिकको समेत हात भएको हुन सक्ने भएकाले हामी निगरानी बढाउछौ डिएसपी खनालले भने ‘सबैसँग छलफल गर्दैछौ, कञ्चनपुरबाट बेचविखनका घटना हुन नदिन सबैको सहयोग आबश्यक छ ।’ पछिल्लो समय सिन्धुपाल्चोक, सिन्धुली, मोरङ, झापा, ईलाम, नुवाकोट, काठमाण्डौ लगायतका जिल्लाका महिला तथा युवतीलाई दाललले कञ्चनपुरको दक्षिणी तथा पश्चिमी नाकाबाट भारत लैजान थालेका छन् । भारतको दिल्ली हुदै वैदेशिक रोजगारीका लागि किर्गिस्तान, ओमान, नर्वे, कुवेत, कतार लगायतका देशमा जाने भन्दै हिडेका महिलालाई कञ्चनपुरमा माइती नेपाल, थ्रीएन्जल्स् नेपाल, नेपाल प्रहरी लगायतका सरकारी तथा गैरसरकारी निकायले रोकथाम गर्दै आएका छन् ।

0 comments:

Post a Comment