मुम्बई – बलिउडका चर्चित कमेडियन रज्जाक खानको निधन भएको छ । मंगलबार हृदयघातका कारण निधन भएको हो । उनी ‘गोल्डन भाई’ भनेर चर्चित थिए ।
उनका साथी तथा कलाकार शहजाद खानले सामाजिक सञ्जालमा फोटो सेयर गर्दै लेखेका छन्, ‘कार्डियक एरेस्टका कारण मैले मेरो दाई रज्जाकलाई गुमाएँ । उनको लागि प्राथना गर्दछु ।’
परिवारका सदस्यका अनुसार बान्द्रा स्थित अस्पतालमा उनले अन्तिम श्वास लिए ।
मंगलबार राती १२ः३० मिनेट जाँदा उनलाई हृदयघात भएको थियो । उनलाई त्यसपछि अस्पताल लगिएको थियो ।
उनको अन्तिम संस्कार बिहिबार ४ बजे गरिने बताइएको छ ।
सलमान खान, गोविन्दा, शाहरुख खान लगायत चर्चित कलाकारहरुसँग काम गरिसकेका रज्जाक खानलाई पछिल्लो पटक कमेडी नाइटस् वीथ कपिलमा देखिएका थिए ।
उनीद्वारा अभिनित चर्चित चलचित्रमा बादशाह, हेलो ब्रदर, अँखियोसे गोलीबारे लगायत रहेका छन् ।
Wednesday, June 1, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment