300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Wednesday, May 18, 2016

Tagged under:

फेसबुकमा लाइक बढाउन यसो गर्नुहोस्

एजेन्सी: फेसबुक अहिले मानिसको जीवनमा नभइ नहुने आवश्यकता बनिसकेको छ। मानिसहरु प्राय घरमा हुँदा या अफिसमा हुँदा सबैभन्दा पहिले लग इन गर्ने सामाजिक सञ्जाल फेसबुक नै हो। यही फेसबुकमा मानिसहरुले आफ्ना विचार र अभिव्यक्ति अनि फोटोहरु मिनेटमा, घण्टामा पोस्ट् गरिहरेका हुन्छन्। पोसट् भएका समाचार, विचार अनि फोटोहरु कति सेयर भयो, कति लाइक आयो भनेर मानिसहरु एक आपसमा कुरा गर्ने गर्दछन्।

 फेसबुकमा लाइक बढाउन तपाई यसो गर्नुस्..

 १. कुनै पनि नयाँ चिज तपाई आफ्नो फेसबुकमा पोस्ट् गरिहाल्नुस् जसले मानिसहरुलाई जिज्ञासु बनाउँछ। 

२. कुनै पनि भिडियो वा फोटो पोस्ट् गर्नु परेमा मानिसलाई प्रोत्साहन गर्ने खालको गर्नुस् जसले तपाईप्रति उनीहरु सकारात्मक हुन्छन्।

 ३. यदि तपाई विचार वा अभिव्यक्ति आफ्नै शैलीको बनाउनुहुन्छ भने त्यही अनुसारको कार्टून वा स्केच खोजेर फोटो सहित पोस्ट् गर्नुस् जसले तपाईलाई साथीहरुमाझ लोकप्रिय बनाइदिन्छ।

 ४. तपाईको जन्मदिन मनाउन लाग्नु भएको छ भने एक दिन अगाडि मात्रै यसकोबारेमा साथीहरुलाई पोस्ट् मार्फत जानकारी दिनुस् र जनमदिनको उत्कृष्ट फोटो, भिडियो मात्रै सेयर गर्नुस् जसले तपाईलाई सबैले बधाई दिँदै लाइक दिनेछन्।

 ५. कुनै पनि चीज पोस्ट् गर्नु परेमा विहान वा त बेलुका पोस्ट् गर्नुस् किनकी दिउँसो प्राय मानिसहरु आफ्नो अफिसमा काममा व्यस्त रहन्छन्।
 विहान वा त बेलुका पोस्ट् गर्नु भयो भने धेरैले तपाईको पोस्ट् पढेर लाइक कमेन्ट गर्छन्।

 ६. कहिलेकाही साथीले भनेका प्रसंशनीय कुराहरु तपाईको फेसबुकमा पोस्ट् गर्नुस् जसले उसको साथी मार्फत तपाईको पोस्ट्‌मा लाइक बढ्न सक्छ।

 ७. यदि तपाई नयाँ काम गर्न जाँदै हुनुहुन्छ भने तपाईले फेसबुकमा साथीहरुलाई प्रारम्भिक जानकारी दिनुस्। यसबाट तपाईको फेसबुकमा लाइक बढाउन मद्दत गर्छ।

 ९. आफ्नो फेसबुकमा जथाभावी पोस्ट् नगर्नुस् किनकी यसले साथीहरुमाझ तपाईप्रतिको हेर्ने दृष्टिकोण नकारात्मक हुन सक्छ र लाइकमा कमी आउन सक्छ।

 १०. प्रेरक व्यक्तित्वको भनाईलाई कहिलेकाही कोड गरेर फेसबुकमा राख्नुस्। यसबाट तपाईलाई साथीहरुबाट लाइक धेरैभन्दा धेरै आउने सम्भावना हुन्छ।

0 comments:

Post a Comment