300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Wednesday, May 18, 2016

Tagged under:

बढी पोर्न हेर्ने मानिस धेरै धार्मिक हुने अध्ययनको दावी

एजेन्सी । इन्टरनेट या कम्प्युटरमा धेरै अश्लील सामग्री हेर्ने मानिस अधर्मी या गलत विकृत मानिस भएकाहरु सोच्नुहुन्छ होला, तर एउटा अध्ययनले भने बढी पोर्नका अम्मलीहरु नै धेरै धार्मिक हुने दावी गरेको छ । नयाँ अध्ययन अनुसार, हप्तामा एकपल्ट भन्दा बढी पोर्न हेर्ने मानिसहरु हप्तामा एकपल्ट या कम पोर्न हेर्ने मासिन भन्दा धार्मिक स्वभावका या धर्मभीरु हुने गर्छन् ।

 १ हजार ३ सय अमेरिकी नागरिकमा ६ वर्ष लगातार अनुसन्धान गरेपछि यो तथ्य खुलासा भएको हो । तथ्यांक विश्लेषण गर्ने स्यामुअल पेरीले पोर्न हेर्ने मानिसहरुको धार्मिक भावना बलियो हुने बताएको द इण्डेपेण्डेण्टले जनाएको छ ।

 यति मात्रै होइन, अनुसन्धानमा २००६ मा हप्तामा बढी पोर्न हेर्ने मानिसहरु २०१२ मा आइपुग्दा धार्मिक भएको समेत उल्लेख छ । जबकि पोर्न नहेर्नेहरु या कम हेर्नेहरुमा भने विस्तारै धर्म र प्रार्थनाप्रतिको झुकाव कम हुँदै गएको देखियो । जर्नल अफ सेक्स रिसर्चमा प्रकाशित यो शोधमा कहिल्यै पनि पोर्न नहेर्नेहरु भने धर्मप्रति विश्वास राख्ने र आस्तिकतामाथि कुनैप्रकारको सन्देह नगर्ने बताइएको छ।

0 comments:

Post a Comment