300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Monday, May 9, 2016

Tagged under:

कलंकीमा मोटर साइकल दुर्घटना हुँदा युवकको निधन

काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । आज बिहान ७:१५ बजे थानकोटबाट कलङ्कीतर्फ आउँदै गरेको बा.३ ख ७५८६ नम्बरको टिपरले बा.३१ प ८१२७ नम्बरको मोटरसाइकललाई कलङ्की श्यामा पेट्रोल पम्पअगाडि ठक्कर दिँदा गम्भीर घाइते भएका चन्द्रागिरि नगरपालिका–२० बस्ने मिलन शर्माको निधन भएको हो ।

मोटरसाइकल चालक शर्माको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पतालमा निधन भएको महानगरीय ट्राफिक महाशाखाका सहप्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकलमा सवार काठमाडौं नगरपालिका–१४ बस्ने २३ वर्षीय अशोक महर्जनसमेत गम्भीर घाइते भएका छन् । टिपर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

0 comments:

Post a Comment