300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Monday, May 9, 2016

Tagged under:

बेनिशालाई तस्बिर खिच्न रोक !

काठमाडाैं-
अभिनेत्री बेनिशा हमाललाई यतिबेला तस्बिर खिच्नमा रोक लगाइएको छ । अभिनेता निखिल उप्रेतीको फिल्म 'किङ'को छायांकनका लागि लुम्बिनीमा रहेकी उनलाई सुटिङ अवधिभर तस्बिर खिच्न दिइएको छैन् । अभिनेता उप्रेती स्वयंले पनि तस्बिर खिच्न पाएका छैनन् ।

 उनीहरू दुवैको लुक्सलाई सस्पेन्स राख्नका लागि फिल्मका निर्देशक सविर श्रेष्ठले यो उपाय अपनाएका हुन् । छायांकन हेर्न आएका दर्शकले समेत उनीहरूको पहिरनसहितको गेटअप खिच्न नपाएको बुझिएको छ । 

प्रायः नेपाली फिल्ममा निर्माता/निर्देशक छायांकन सुरु हुन नपाउँदै आफ्नो तस्बिर सामाजिक सञ्जालमा हाल्न हतारिन्छन् । तर, निर्देशक श्रेष्ठले आफ्नो फिल्ममा यस्तो अभ्यास थालेका हुन् । उनले छायांकनको समयमा क्यामरा र मोबाइलको प्रयोगमा समेत रोक लगाएको बताएका छन् । फिल्मप्रति दर्शकको कौतूहल बढाउन उनले यसो गरेको बुझिएको छ ।

0 comments:

Post a Comment