ज्यान मुद्दामा विगत नौ वर्षदेखि फरार दुई जनालाई आज बिहान सिरहा प्रहरीले पक्राउ गरेको छ ।
स्थानीयलाई योजनाबद्ध तरिकाले हत्या गरी कमला खोलाको बगरमा गाडेर फरार रहेको आरोपमा सिरहाको मल्हनिया गम्हरिया गाविस–८ निवासी ३५ वर्षीय जीतन पासवान र सोही ठाउँका ४० वर्षीय परमेश्वर पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।
गत २०६४ पुस ५ गते रातको समयमा मल्हनिया गम्हरिया–८ स्थितमा जितन र परमेश्वर पासवानलगायतका व्यक्तिले स्थानीय ४२ वर्षीय राम उदगार मुखियालाई योजनाबद्ध तरिकाले हत्या गरी कमला खोलाको बगरमा गाडेर फरार रहँदै आएको प्रहरीको भनाइ छ ।
आफ्नै घरमा लुकीछिपी बसिरहेको गोप्य सूचनाको आधारमा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
पक्राउ परेकामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान कार्य अगाडि बढाइएको उनले बताए ।
Thursday, May 5, 2016
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment