भक्तपुर, वैशाख २३।
रातमाटे गाविस–१ नुवाकोट घर भई हाल सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक चोकस्थित गणेश दुवालका घरमा भाडामा बस्ने १८ वर्षीय अन्जना थापाको शव शङ्कास्पद अवस्थामा आज भेटिएको छ ।
थापाको कोठा यही वैशाख २१ गतेदेखि नखुलेको र आवातजावत समेत नभएपछि दुवालले कोठाको ताल्चा खोल्दा खाटमा उनलाई मृतावस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
महानगरीय प्रहरी वृत्त जगातेको टोलीले थापाको कोठाको अनुसन्धान गर्दा भेटिएको परिचयपत्रबाट उनी कोटेश्वर बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययन गर्ने थाहा भएको छ ।
खाटमा सुतेको र नाकबाट रगत आएको अवस्थामा थापाको शव भेटिएको र अनुसन्धान जारी रहेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक किरण वज्राचार्यले जानकारी दिए
Thursday, May 5, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment