300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, May 20, 2016

Tagged under:

डवेन स्मिथ र रैना चम्किए, कोलकत्तामाथि गुजराजको जित

जेठ, काठमाडौं । कानपुरको ग्रिन पिचमा डवेन स्मिथले ८ रन दिएर चार विकेट लिएपछि आईपीएलमा गुजराज लायन्सले कोलकत्ता नाइट राइडर्समाथि ६ विकेटको जित हात पारेको छ । पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो । उसका कुनै पनि ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् ।

युसुफ पठानले सर्वाधिक ३६ रन बनाए । रोविन उथप्पाले २५ रन जोडे भने गौतम गाम्भीरले ८ रन बनाए । कोलकत्तालाई सस्तैमा समेट्ने क्रममा मिस्थले ४ ओभरमा ८ रन दिएर चार विकेट लिए । १२५ रनको लक्ष्य पछ्याएको गुजरात लायन्सको पनि सुरुवात राम्रो हुन सकेन । ड्वेन स्मिथ डकआउट भए भने ब्रेन्डन म्याकलम पनि ६ रनमा नै आउट भए ।

तर, सुरेश रैनाले सम्हालिएर खेले र टिमलाई जित दिलाएरै छाडे । उनले ३६ बलमा ७ चौकाको मदतमा ५४ रन बनाए । फिन्चले २६ रन जोडे भने जडेजाले ११ र दिनेश कार्तिकले १२ रनको योगदा दिए । जितपछि गुजराज लायन्स १३ खेलबाट १६ अंकसहित दोस्रो स्थानमा छ भने १४ अंक जोडेको कोलकत्ता चौथो स्थानमा छ ।

0 comments:

Post a Comment