300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, May 20, 2016

Tagged under:

हातमा फिल्म नभएपछि तनावमा अभिषेक

बलिउड नायक अभिषेक बच्चन अहिले निकै डराएका छन् । किनकी ‘हाउसफूल-३’ पछि उनको हातमा अरु कुनै चलचित्र छैन ।’साजिद-फरहादको निर्देशनमा बनेको ‘हाउसफूल-३’ को प्रमोशनमा ब्यस्त अभिषेकले करिअरको विषयमा मुख खोलेका थिए ।

 ‘हाउसफूल पछि मेरो कुनै चलचित्र छैन, मलाई निकै डर लागेको छ ।’ अभिनय सुरु गरेपछि पहिलो पटक निरश महसुस भएको धारणा राखेका अभिषेकले राम्रो स्त्रिmप्टको प्रतिक्षामा रहेको बताए । ‘हेरा फेरी र धुम-४’ को विषमा कुनै कुराकानी नभएको पनि उनले स्पष्ट पारे । केही मिडियाले दुबै चलचित्रमा अभिषेक हुनसक्ने भनेर चर्चा गरेका थिए । अभिषेक भन्छन्-‘त्यस्तो कुनै पनि कुरा भएको छैन ।’

 अक्षय कुमार र शाहरुख खान दुबैसँग काम गरेका अभिषेकले अक्षय कुमारले समयलाई निकै ख्याल गर्ने गरेको टिप्पणी गरे । त्यसो त ‘हाउसफूल-३’ मा सह-कलाकार रितेश देशमुखको निकै तारिफ गरे । २२ वर्ष अगाडि अक्षयसम्ग चिनाजानी भएको भन्दै आज पनि उस्तै हार्दिक सम्बन्ध रहेको बताए । उनले आफूलाई तनाव हुँदा पिता अमिताभ बच्चनसँग कुरा गर्ने गरेको पनि खुलाए ।

0 comments:

Post a Comment