यौन सम्बन्ध (सेक्स), संसारका प्राणी मात्रको सबभन्दा महत्वपूर्ण क्रिया हो । यसको सदुपयोग भएमा स्त्री–पुरुषको सम्बन्ध अत्यन्त सुमधुर, सहयोगात्मक र सुखमय बन्छ भने यसको दुरूपयोग अपराध, बदनामी र एचआईभी/एड्स, सिफिलिस (भिरंगी), गनोरियाजस्ता भयानक रोगको कारक हुनपुग्छ । आज सेक्सको दुरूपयोगबाट अनेकौं यौनरोग बढेको देखि सेक्स विकृति र बालिका बलात्कार जस्ता आपराधिक गतिविधिका समाचार दिनहुँजसो आइरहेका छन् । यस आलेखमा सेक्सको उच्चतम र प्रेमपूर्ण सदुपयोग कसरी हुन्छ, यसबारे चिकित्सकीय तथ्य र यथार्थका साथ सुझावका लागि प्रस्तुत गरिन्छ .
सेक्सलाई हामी कुन रूपमा उपयोग वा उपभोग गर्न चाहन्छौं, त्यही किसिमका परिणाम तपाईं–हामीले पाउँछौं ।
पति–पत्नीको सेक्सलाई मुख्यतः सन्तान उत्पादनका लागि र सन्तान पुगेपछि विवाहइतर सेक्सको अवस्था नआओस् र सम्बन्ध सुखद बनिरहोस् भन्ने हेतुले अपनाउने गरिन्छ । यसअतिरिक्त सेक्सलाई आफ्नो जोडी (स्त्री वा पुरुष) प्रतिको प्रेम, स्नेह, ममता र शारीरिक तथा मानसिक सन्तुष्टि व्यक्त गर्ने माध्यमको रूपमा अपनाउँछन् । कसैले सेक्सका लागि प्रेम र सद्भाव राखेका हुन्छन् । अर्थात्, कोही यौनका लागि प्रेम गर्न खोज्छन् भने कोही प्रेमका लागि यौन चाहन्छन् । कसैमा यौनचेतसँगै महिला वा पुरुषसँग (विपरीतलिंगी) घनिष्टता र सेक्सको सम्बन्ध राख्ने सोख हुन्छ, जसलाई ‘इडिपस कम्प्लेक्स’ वा ‘इलेक्ट्रा कम्प्लेक्स’ भनिन्छ । यो अराजक किसिमको यौन चाहनाको मनोवैज्ञानिक परिणति हो ।
यस्ता कतिपय पुरुषलाई ‘कन्या राशि’ भनेर हँस्यौलीको रूपमा लिने गरिन्छ ।
पशु–पक्षीबीच शारीरिक सम्बन्ध (यौन) का लागि प्राकृतिक रूपबाट वर्षमा एउटा निश्चित् मौसम (सिजन) हुन्छ, तर मानिसका लागि वर्षमा ३ सय ६५ दिन नै यौनको सिजन मानिन्छ । हाम्रा प्राचीन कोकशास्त्रदेखि आधुनिक कालमा सिग्मन फ्रायड वा सीजी योङ वा रजनीश आदिका मान्यता किन नहुन्, प्राणी मात्रका लागि आहार, निद्रा, प्यासजस्तै अनिवार्य जीववैज्ञानिक आवश्यकताका रूपमा यौनकला रहेको छ, जसलाई सम्भोग, मैथुन, काम, शारीरिक सम्बन्ध आदि अनेक शब्दद्वारा जानिन्छ । यौनका विषयमा विश्वमा अनेक साहित्य रचनादेखि मूर्तिकला, चित्रकला आदि बनेका छन् । राज्यहरूबीच विशाल युद्ध र नरसंहार भएको इतिहास छ ।
अपराधहरू हुनेगरेका छन् । यसको सही भोग गर्न नजानेर वा पाशविकता भएकाले अनेक भयानक रोगले मानिसको ज्यान गइरहेको छ ।
सम्भोगका लागि प्रेम (लभ फर सेक्स) बलात्कारको अर्को रूप हो भने प्रेमका लागि सम्भोग (सेक्स फर लभ) प्राणीधर्म हो । त्यसैले प्रेमका लागि सम्भोगका आसन र रूप हाम्रा मन्दिरमा सजाउने टुँडाल र भित्ताका पवित्र कला हुन पाएका हुन् । स्त्री–पुरुषको अंकमाल, चुम्बन, एकआपसमा शरीर सुम्सुम्याउने आदिजस्ता प्रेमजन्य क्रियाकलाप सम्भोगकै अनिवार्य रूप हुन् । सम्भोगमा दुवैजनाको सकारात्मक र प्रफुल्ल मनस्थिति अनिवार्य हुन्छ नै, साथै सुमधुर संगीतको पनि त्यति नै आवश्यकता हुन्छ ।
यौनको कुण्ठा हाम्रो समाजमा विद्यमान एउटा समस्या हो । कुण्ठा, अज्ञानता, बहस तथा अन्तक्र्रियाको अभाव, यसप्रति अनावश्यक संकोच, पशुवत् सम्भोग, संयमको कमी, यौन दुराचार आदि कमजोरीबाट अनेक शारीरिक तथा मानसिक समस्या जन्मेका छन् । यस्ता समस्याबाटै अपराधहरू भएका छन् । कुण्ठाका अनेक मनोवैज्ञानिक असर देखापर्छन् । स्त्रीहरूलाई हुने हिस्टेरिया, काममा एकाग्रता नहुने समस्या, अश्लील सामग्रीमा समय र पैसा खर्च गर्ने आदत आदि यौन–कुण्ठाको परिणति हो । सेक्समा संयम अपनाउन नसकेर असुरक्षित सम्भोग गर्दा गोनोरिया, सिफिलिस (भिरंगी) र निको नहुने महारोग एचआईभी÷एड्सले हाम्रा हजारांै नेपालीको ज्यान लिएको छ भने अन्य हजारौंलाई पीडित बनाइरहेको छ । भिरंगीको उपचार नगरेर क्रोनिक हुन दिने हो भने रोगी बौलाउन थाल्छ ।
पेन्सिलिनको आविष्कार हुनुभन्दा अगाडि युरोपमा यो रोग महामारीकै रूपमा फैलिएको थियो । रुसी साहित्यकार लियो टाल्सटाय हुन् वा प्रसिद्ध नेता लेनिन, दार्शनिक नित्से, बेलायती राजाहरू एडवर्ड छैटौं, हेनरी आठौं, रुसी जार इभान द टेरिबल, फ्रान्सेली सम्राट् नेपोलियन बोनापार्ट, जर्मनीका तानाशाह हिटलर आदि धेरै महŒवपूर्ण व्यक्ति (भीआईपी) हरू यही रोगबाट पीडित थिए भनी युरोपका स्वास्थ्य जर्नलहरूमा प्रकाशित भएको छ ।
स्वस्थ र सही तरिकाको सम्भोग मानिसका लागि संसारको सबभन्दा उन्नत शारीरिक सुख, प्रेम प्रवद्र्धक क्रिया तथा सृष्टिको आधार हो । सम्भोग बारम्बार गरिरहे ज्यादै कमजोरी गराउँछ भन्ने समाजमा अवधारणा छ, जो भ्रामक कुरा हो ।
स्त्री र पुरुषबीच स्वस्थ, उन्मुक्त र प्रेममय सम्भोगले मानिसको आयु बढाउने, कार्यदक्षता वृद्धि गर्ने, तनाव हटाउने, स्मरण शक्ति बढाउने, शरीर छिटै बुढो हुने गतिमा नियन्त्रण गर्ने,
महिलाहरूमा हृदयाघातको जोखिम घटाउने, मिजास र व्यवहारमा सन्तुलन ल्याएर व्यक्तित्व विकासमा मद्दत पु¥याउने कुरा अनुमानित होइन, वैज्ञानिक खोजद्वारा प्रमाणित भएको तथ्य हो । सिकागो विश्वविद्यालयले २५ हजार मानिसमा गरेको प्रयोग र अनुसन्धानबाट के निष्कर्ष निकालिएको छ भने नियमित र स्वस्थ सम्भोगले मानिसको आयु दुई वर्ष बढाउँछ । यसका लागि सातामा दुईपटक सम्भोग अति उत्तम भन्ने सो वैज्ञानिक अनुसन्धानको निष्कर्ष छ ।
२०१२ मा लन्डनमा सम्पन्न ओलम्पिक खेलका बेला गरिएको एक अनुसन्धानअनुसार सम्भोगले खेलको दक्षतामा असर गर्छ भन्ने कुरा मिथ्या हो । स्वस्थ सेक्सका लागि उपरोक्त असंगति र विकृतिबाट मुक्त हुन सकेमा सेक्सबाट शारीरिक तथा मानसिक लाभ प्राप्त हुन्छ । यसर्थ, सेक्स स्वस्थ जीवनका लागि ‘टनिक’ हो ।
हाम्रो देशमा स्त्री र पुरुषले परस्परमा प्रेम र यौनका लागि सुरक्षित, शान्त र एकान्त ठाउँ पाउन सक्दैनन् ।
पुरुषले भन्दा पनि स्त्रीले स्वतन्त्र, जोखिमबाट मुक्त, धोका नपाउने ग्यारेन्टीका साथै भविष्य बर्बाद नहुने अवस्थामा मात्र आपूmलाई सेक्समा सरिक हुन चाहन्छन् । किनकि, सेक्सका मामिलालाई हाम्रो समाजमा स्त्रीका लागि कलंकको रूपमा पनि लिने गरिन्छ, जुन कलंकको दाग एकपटक लागेपछि मेटाउन कठिन हुन्छ ।
सम्भोग क्रियाका लागि युवावस्थामा जति इच्छा हुन्छ, उमेर बढ्दै जाँदा यसको चाहना घट्दै जान्छ ।
टेस्टोस्टेरान भन्ने
हर्मोनको कमी हुँदै जाँदा ५० वर्षभन्दा माथिको उमेरमा मानिसका इन्द्रिय शिथिल हुँदै जानाले सम्भोगको इच्छामा पनि शिथिलता आउन थाल्छ, तर कतिपय मानिसमा ७०÷८० वर्षसम्म पनि त्यसको क्षमता रहिरहेको पाइन्छ । मधुमेह, हृदयरोग, प्रोस्टेटको समस्या, क्यान्सर आदि महारोगका कारणबाट सम्भोग क्षमतामा कमी आउँछ ।
आजकल यौन क्षमता बढाउने अनेक औषधि जस्तै भियाग्रा, सुहाग्रा, एडिग्रा, लेभिट्रा, पेनग्रा, भिगारो आदि बजारमा आएका छन्, तर डाक्टरको सल्लाहबेगर यस्ता औषधिको सेवन गर्नु खतरनाक हुन्छ ।
बरु, यस्ता औषधिको सट्टा लसुन, केरा, एभोकाडो फल, दूध, मह आदिको मात्रा उपयुक्त तरिकाले सेवन, प्रशस्त पानी पिउने, नरिसाउने, आपूmलाई सदा तनावमुक्त तथा प्रफुल्ल राख्ने, दिनहुँ व्यायाम गर्ने, धुम्रपान, मद्यपानलगायतका अन्य अमल पूरै त्याग्नाले यौनशक्ति बढेर आउँछ । राति सुत्नुभन्दा अगाडि एक गिलास मनतातो दूध पिउने, बिहान आधा कागतीमा एक चम्चा मह एक गिलास तातो पानीमा मिलाएर पिउने, वा एक चम्चा मह, एक चम्चा घिउ र त्यति नै मात्रामा मुलेठी मिलाएर दिनहुँ सेवन गर्नाले यौनशक्ति बढ्छ । अर्थात्, स्वस्थ जीवनशैली, सन्तुलित खाना, व्यायाम, पूर्णनिद्रा र अमल त्यागले यौनशक्ति बढ्छ । स्वस्थ शरीर, उत्साही मन र सकारात्मक सोच नै स्वस्थकर सेक्सको पूर्वसर्त हो ।
म हाम्रा किशोर–किशोरीलाई पनि चिकित्सकका हैसियतले केही भन्न चाहन्छु । आफ्नो कक्षाको अध्यापन छोडेर केटा साथीसँग बरालिने, असुरक्षित यौन सम्पर्क गर्ने, अल्पउमेरमै यौनको प्यासले गर्दा विवाहको चक्करमा फस्ने, भविष्यको विचारै नगरी वर्तमानको मोजमजामा बहकिँदा एकातिर यौनको वास्तविक आनन्द मिल्दैन भने शारीरिक रूपमा पनि अनेक हानिकारक अवस्था आइलाग्छ ।
विद्यालयमा अध्ययनरत किशोरी अवैध गर्भपतन गराइमाग्न मेरो क्लिनिकमा आउनेको संख्या उल्लेख्य पाएको छु र आपूm त्यस्तो कामको चिकित्सक होइन भनी फर्काउने गरेको छु । यौनका मामिलामा अनावश्यक कुण्ठित हुनुहुँदैन भन्दैमा संयम र विवेक त्याग्नुपर्छ भन्ने होइन । पुरुष र स्त्रीको राजिखुसीमा स्वस्थकर तथा कलात्मक ढंगले हुने यौन क्रिया स्वास्थ्यका लागि अति हितकर हुन्छ, तर अनैतिक र दुव्र्यवहारजन्य यौन क्रिया अपराध हो, हत्कडी लाग्नसक्छ भन्ने पनि भुल्नुहुन्न ।
जीवनलाई स्वर्गीय सुखमय बनाउने कि नरकमय बनाउने भन्ने जिम्मेवारी पुरुष र स्त्रीबीच सम्बन्धको गुणवत्ताले निर्धारित गर्छ, न कि धनसम्पत्तिले । आर्थिक रूपले सम्पन्न कतिपय स्त्री र पुरुषको सम्बन्ध नराम्रो हुँदा पारिवारिक सुख हुँदैन भने कतिपय विपन्न स्त्री र पुरुषबीच प्रेम र सहयोगात्मक सम्बन्धले उनीहरूलाई प्रफुल्ल र सुखी राखेको हुन्छ । यसमा सेक्सको शारीरिक र मनोवैज्ञानिक भूमिका रहेको हुन्छ ।
लेखक स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक हुन् ।)
पति–पत्नीको सेक्सलाई मुख्यतया सन्तान उत्पादनका लागि र सन्तान पुगेपछि विवाहइतर सेक्सको अवस्था नआओस् र सम्बन्ध सुखद बनिरहोस् भन्ने हेतुले अपनाउने गरिन्छ ।
राजधाननी दैनिक अनलाइनबाट

0 comments:
Post a Comment