300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Sunday, May 8, 2016

Tagged under:

युवराज सिंहले मैदानमै सचिन तेन्दुलकरको खुट्टा ढोगेपछि

डिसीनेपाल डटकम - इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबीच आईतबार भएको खेलमा मुम्बई इन्डियन्सलाई ९८ रनले पराजित भएको छ । तर यो खेलपछिको दौरानमा मैदानमा एउटा यस्तो मन छुने दृश्य देखियो जसले अहिले सबैको तारिफ बटुलिरहेको छ । उक्त दृश्यमा युवराज सिंहले सचिन तेन्दुलकरको खुट्टा ढोगेको देखिन्छ ।

 गएराति मुम्बई इन्डियन्सलाई ९८ रनले पराजित गर्ने क्रममा भारतीय क्रिकेटर एवम् सनराइजर्स हैदरावादबाट आइपीए क्रिकेट खेलिरहेका युवराज सिंहले २३ बलमा ३९ रनको पारी खेलेपछि भारतीय चर्चित क्रिकेटर सचिन तेन्दुलकरको खुट्टा ढोगे। युवराजले सचिनलाई क्रिकेटका भगवानको संज्ञा दिँदै आएका छन्। तिनै युवराजले सचिवका खुट्टा ढोग्न लागेपछि मुस्कुराउँदै सचिनलले उनलाई रोक्ने कोशिश गरिहेको तस्वीर सोसल मिडियामा भाइरल भएको छ।

 सोसल मिडियामा राखिएको केही बेरमै उक्त फोटोलाई दुई लाख भन्दा धेरैले लाइक गरेका छन्। त्योमध्ये एकहजार भन्दा बढीले कमेन्ट गरेका छन्। कमेन्ट गर्ने क्रममा सचिनका छोरा अर्जुन तेन्दुलकरले युवराजलाई आफ्ना बुबा सचिनप्रतिको सम्मानका लागि धन्यवाद भनेका छन्। उसो त क्रिकेटर युवराज सिंहले सचिन तेन्दुलकरलाई क्रिकेटको भगवान मान्छन्। यो भन्दा पहिले पनि धेरैपटक युवराजले सचिनका खुट्टा ढोगीसकेका छन्।

0 comments:

Post a Comment