केहि समय पहिले खबर आयो बलिउड अभिनेता बरूण धवन आफ्ना बाबु डेविड धवनको घर छोड्दै छन्। कारण उनी आफ्नी गर्लफ्रेन्ड नताशा दलालसँग छुट्टै बस्न चाहन्थे। जब डेबिडले यो कुरा थाहा पाए जब उनले आफूहरूलाई छोराकी गर्लफ्रेन्ड मनपरेको र उनीहरूलाई पतिपत्नीका रूपमा देख्न चाहेको बताए। यसबारे उनको बरूणसँग कुरा पनि भयो। बाबुछोराको कुरापछि बरूणले बाबुको घर नबस्ने निर्णय फेरे।
बलिउडमा बाबुआमासँग नबस्ने कलाकारहरूको संख्या उल्लेख्य छ। यसमा बलिउड अभिनेत्रीहरू श्रद्धा कपुरदेखी आलिया भटसम्म पर्छन्। आफ्ना बाबुआमाको घरमा नबस्ने कलाकारको सूचि यस्तो छ:
श्रद्धा कपुर:
श्रद्धाले गत वर्ष आफ्ना बाबुआमाको घर नजिकै एउटा घर किनेकी छन्। श्रद्धाले यसलाई आफ्नो बाबुको लगानीमा किनिएको बताउँदै आएकी छन्। नयाँ घरको बारेमा उनले यसो भनिन्, 'म बाबुआमासँग बहुतै खुशी छु। मलाई त्यहाँ पूरा स्पेस मिलिरहेको छ तर मेरो दैनिकीकारण उहाँहरूको दैनिकीमा बाधा पुगिरहेको छ। मेरो कामको समय, स्टाइलिस्ट तथा डिजाइनरसँगको भेटघाटले गर्दा पूरै घरलाई बाधा पुगेकाले मैले नयाँ घर किनेकी हुँ।'
रणविर कपुर:
क्याटरिना कैफसँग लिव-इनमा बस्नका लागि रणविरले आफू बस्दै आइरहेको बाबुआमाको घर छाडे। उनी र क्याटरिनाले मुम्बईको कार्टर रोडमा एउटा पेन्टहाउसमा बस्न थालेका थालेका थिए। क्याटरिनासँग ब्रेकअप भएपछि रणविर फेरि आफ्नो बाबुआमाको घर नफर्की बान्द्राको एक अपार्टमेन्टमा बस्दै आइरहेका छन्।
आलिया भट
२३ वर्षकी आलियाले पनि आफ्नो बाबुको जुहु स्थित निवास भन्दा केहि पर नयाँ घर किनेकी छन्। आफ्नो पछिल्लो जन्मदिनबाट त्यहाँ बस्ना थालेकी हुन्। नयाँ घरमा उनी आफ्नी बहिनी शाहिनसँग बस्छिन्।
शाहिद कपुर:
शाहिद आफ्ना बाबु पंकज कपुरसँग बस्थे। गत वर्ष उनले नयाँ फ्ल्याट किनेपछि बाबुको घर छोडेका छन्। उनी आफ्नी पत्नी मिरासँग बस्छन्।
सोनम कपुर:
गत वर्ष सोनमले ३० करोड रूपयाँमा ७००० स्कवायर फिटको डुप्लेक्स किनेकी छन्। घर किनेपछी उनी पनि बाबुको घर बस्न छाडेकी छन्।

0 comments:
Post a Comment