300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Monday, May 9, 2016

Tagged under:

अभिनेत्री मल्लिका शेरावतले सुटुक्क को संग गरीन बिहे ?

बलिउड अभिनेत्री मल्लिका शेरावतले रियल स्टेट व्यवसायी सिरेल अग्जनफ्यानसँग सुटुक्क बिहे गरेकी छिन्। उनी केही वर्षदेखि सिरलेको प्रेममा थिइन्। उनका पिता मुकेश लाम्बाले एक अन्तरवार्तामा आफ्नी छोरीले पेरिस पुगेर बिहे गरेको बताएका हुन्।
 
मल्लिकाको यो दोस्रो बिहे हो। उनले सन् १९९७ मा क्याप्टेन करणसिंह गीलसँग बिहे गरेर २००१ मा सम्बन्धबिच्छेद गरेकी थिइन्।
 
उनले आफ्नो बिहेलाई किन गोप्य राखिन् भन्ने खुलिसकेको छैन। उनका पिताको भनाईमा उनले चाँडै बिहेको पार्टी दिनेछिन्। बिहेको कुनै तस्बिर सार्वजनिक नगरे पनि मल्लिकाले पतिसँगका केही तस्बिरहरु इन्स्ट्राग्राममा पोष्ट गरिरहेकी छिन्। एक तस्बिरसँगै उनले लेखेकी छिन्,‘कसैको प्रेममा डुब्नुको अनुभूति साँच्चै अद्भुत हुन्छ।  जब तपाईं कसैलाई प्रेम गर्नुहुन्छ बदलामा उसले पनि प्रेम नै दिन्छ।’
 
मल्लिकासँग सिरेलको भेट एक साथीमार्फत् भएको थियो। बताइएअनुसार हालैको भ्यालेन्टाइनमा सिरेलले मल्लिकालाई एक विलासी कार उपहार दिएका थिए। 
 
खबरअनुसार मल्लिका चाँडै नै हलिउड फिल्ममा देखिँदैछिन्।

0 comments:

Post a Comment