300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Monday, May 9, 2016

Tagged under:

बिपाशासंग पति भन्दा ८ गुणा बढी सम्पति

राज र जिस्म जस्ता हिट फिल्मबाट बलिउडमा पहिचान बनाउने नायिका बिपाशा बसुले हालै टिभी एक्टर तथा हेट स्टोरी-३ का नायिक करण सिंह ग्रोवरको साथ धुमधामले विवाह गरेकी छिन्। बिपाशा बलिउड इन्डस्ट्रीमा आफ्नो पति भन्दा निकै सिनियर छिन् र सम्पतिको मामलामा पनि निकै अगाडी छिन्। बिपाशाको नेटवर्थ करिब १०० करोड भारु रहेको छ भने करणको केबल १३.४ करोड भारु रहेको छ।

बिपाशाको कमाइ
बिपाशासंग आजकाल खासै फिल्म छैनन्, यसको बावजुद उनीसंग कयौं कम्पनीको इन्डोस्मेन्ट छ। यी कम्पनीकै कारण बिपाशाले फिल्म नपाएपनि कमाइ राम्रै गर्दै आएकी छिन्। रिबुक, ऐरिस्टोक्रेट लगेज, फा डिओड्रेन्ट, गिली ज्वैलरी, हेड एण्ड सोल्जर स्याम्पु समेत कयौं कम्पनीको विज्ञापनमा बिपाशाको अनुहार देख्न सकिन्छ। यसैबाट बिपाशा राम्रै कमाइ गर्छिन्।

पति भन्दा बढी चर्चित रहेका बलिउडका ७ नायिका

शाही परिवारबाट आएका बलिउडका ५ नायिका

स्टेज शोको पारिश्रिमक २ करोड भारु
बिपाशा आफ्नो फिटनेसलाई लिएर निकै चर्चामा आउने गर्छिन्। उनले लब योरसेल्फ, ब्रेक फ्री नामका फिटनेस डिभिडी पनि सार्वजनिक गरेकी थिइन, जुन निकै हिट पनि रहे। साथै उनी स्टेश शो पनि गर्छिन् र एक पटकको लागि २ करोड भारु चार्ज गर्छिन्। बिपाशा करिब ४० भन्दा बढी म्यागजिनको कभरमा समेत आइसकेकी छिन।
३ घरकी मालिक्नी
बिपाशाको मुम्बइमा २ र कोलकत्तामा एक आलिशान घर छ। साथै मुम्बइमा एक अर्को घर किन्ने सुरसार छिन् उनी। साथै बिपाशा लग्जरी कारका पनि निकै सौखिन छिन्। उनीसंग अडी७, पोर्से र फक्सवेगन बीटल जस्ता मंहगा गाडी छन्।
एक सूटको लागि करणको ८० हजार पारिश्रमिक
टिभीमा चर्चित करणको फिल्म हेट स्टोरी ३ निकै सफल रह्यो। तर सम्पतिको मामलामा करण बिपाशा भन्दा निकै पछि छन्। बिपाशाका पति करण सिंह ग्रोवरको नेटवर्थ केवल १३.४ करोड भारु छ।
करणले एमटिभीको ‘कितनी मस्त है जिन्दगी’ टेलिभिजन शोबाट आफ्नो करिअर सुरु गरेका थिए। उनले पछि, कसौटी जिन्दगी की, सोलह श्रृंगार, परिवार जस्ता सिरियलमा काम गरे। करणले एक दिनको शूटको लागि करिब ८०,००० भारु चार्ज गर्छन्।
कर्लसमा च्यानलमा आउने हिट शो झलक दिखला जा-३ बाट करणले निकै पैसा कमाए। करणको मुम्बइमा एक अपार्टमेन्ट र अडी७ कार छ।

0 comments:

Post a Comment