300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Sunday, May 29, 2016

Tagged under:

सुत्ने बेला मोवाइल सिरानीमुनी राख्ने वानी किन खतरनाक हुन्छ ? थाहा पाई राख्नुहोस


जेठ १६, काठमाडौं । सुत्ने बेला आफ्नो मोवाइल सिरानीमुनी राख्ने वानी प्रायको हुन्छ तर स्वास्थ्यको हिसाबले यो खराब हो । किनकी मोबाइलबाट निस्किरहेका कयौ हानिकारक विकिरणहरू जुन (900 MHz Radio Frequency) मात्रामा निस्कन्छ जसको कारणले मानव शरीरमा धेरै किसिमका घातक रोगहरु उत्पन्न गराउन सक्छ। यस मध्ये पनि मोबाइल फ़ोनबाट निस्कने माइक्रोवेव विकिरणले स्वास्थ्यमा धेरै प्रतिकूल असर गर्ने हुन्छ । 
विभिन्न स्वस्थ्य क्षेत्रका अनुसन्धानहरुले दावा गरे अनुरूप मोबाइलबाट निस्कने विकिरणका कारण उच्च रक्तचाप, टाउको दुखाइ, ब्रेन ट्यूमर, अलजाईमर्स, अल्सर र क्यान्सरसम्म हुने देखेको छ । 

 फिनल्याण्डका वैज्ञानिक दारियूस लेसजेकजिन्सकीको अनुसन्धान अनुसार मोबाइल फोनको विकिरणसंग संपर्कमा आउने मानव कोषहरुको स्वरुप बदलिनुका साथ-साथै कोषका अन्य क्रियात्मक परिवर्तन पनि भएको पाईएको छ।

 त्यसैगरी भारतीय बैज्ञानिक साईखेड़करले गरेको अनुसन्धान अनुसार मोबाइल विकिरणको प्रयोगले परीक्षित प्राणीहरुको मस्तिस्कमा एंटीऑक्सीडेंट एंजाइम र नॉन एन्जिमेटिक एंटीऑक्सीडेंटको स्तरमा परिवर्तन भएको पाईएको र लिपिड पेरोक्सीडेशन बढेको पाइएको छ । उक्त प्राणीहरूको ब्रेन को हिस्टोलोजीकल स्टडीले हिप्पोकैम्पस, सबहिप्पोकैम्पस र सेरिब्रल करतेष्का मस्तिष्ककोषहरू पनि विगठित भई मारेको पाइएको थियो।

0 comments:

Post a Comment