300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Sunday, May 29, 2016

Tagged under:

यस्तो छ ज्यान जोगाउन सफल अपहृत बालकको कथा


महोत्तरी, जेठ १६ । ढुङ्ग्रेखोला–९ थलहीका राजेन्द्र महतोका छोरा आइतबार बिहान स्कुल गए । मोटरसाइकलमा आएका अपरिचित दुई मोटरसाइकलमा आएका चार युवकले‘आमा बिरामी छिन्’ भनी झुक्याएर उनलाई स्कुलबाट लगे । विद्यालयमा पढ्न गएका समयमा सो व्यक्तिले आमा बिरामी अवस्थामा सुख्खे पोखरीस्थित अस्पतालमा भर्ना भएको भनी झुक्याउँदै आफूसँग लगेका थिए । उनलाई घर तर्फ नभई अन्य स्थानमा नै लगियो ।

अपहरणकारीले बालकलाई पूर्व–सर्लाहीको एक जङ्गलमा लगेर आँखामा पट्टी बाँधिदिए । जब अपहरणकारी एकापसमा गफिन थाले, उनी उनीहरुको आँखा छलेर सुटुक्क भागे । बालक भागेको थाहा पाएपछि अपहरणकारीले सुन सुन भन्दै बोलाए, तर उनी अपहरणकारीको कुरा नसुनी फटाफट कुदिरहे । भाग्दै गर्दा बालक जङ्गलमा दाउरा सङ्कलन गर्दै गरेको महिलाकहाँ पुगे र उनै महिलाले बालकको आँखामा बाँधिएको पट्टी खोलिदिईन् ।

 सडकमा पुगेपछि बस चढेर महोत्तरीको बर्दिबास आइपुगेका ती बालकको अवस्थाबारे स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि उनी अपहरणमा परेको खुलेको थियो । प्रहरीसँगको बयानमा बालकले सबै कुरा बताएका हुन् । इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी सहायक निरीक्षक वीरेन्द्रकुमार सिंहका अनुसार चिन्तित मुद्रामा रहेका बालक अहिले सुरक्षित छन् । बालकका आफन्तलाई बोलाउन सूचना पठाइसकिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक जीवन गिरीले बताए । रासस

0 comments:

Post a Comment