डिसीनेपाल डटकम – बलिउड अभिनेत्री कट्रिना कैफसँग पूर्व प्रेमी रणवीर कपुरले फिल्मको एक दृश्यका लागि चुम्बन दिन इन्कार गरेका छन् ।
फिल्म जग्गा जासुसको सुटिङमा व्यस्त रहेक यो जोडिले फिल्मको एक गीतमा चुम्बनको दृश्य दिनुपर्ने थियो तर उक्त दृश्यका लागि रणवीरले अस्वीकार गरेका छन् । रणवीर आफू कट्रिनासँग क्लोज सिन दिन सहज नभएको बताएका छन् ।
रणवीरले फिल्मका निर्देशक अनुराग बसुलाई उक्त गीतमा केही परिवर्तन गर्न पनि सल्लाह दिएका छन् ।
रणवीर र कट्रिनाको ब्रेकअपको सिधा असर फिल्म जग्गा जासुसमा परेको छ, जसका कारण फिल्मको छायांकन तालिका नै परिवर्तन गर्नुपरेको थियो ।
Saturday, May 14, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment