300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Sunday, May 8, 2016

Tagged under:

‘झिल्के र साथी तिमी नै हौ’मा व्यस्त झरना, के भयो निर्देशक बन्ने कुरा ?

नायिका झरना थापाले करिब डेढ बर्ष कुनै पनि चलचित्र गरिनन् । यसको पछाडि केही कारणहरु थिए । पहिलो कुरा झरनाले अभिनय गरेका अधिकांश चलचित्र लगालग असफल भएका थिए । व्यापारिक रुपमा चलचित्र कमजोर बनेपछि झरनाले करिब डेढ बर्ष काम गरिनन् ।

यस्तै, उनी आफै निर्देशक बन्न पनि तम्सिइन् । झरनाले चलचित्र ‘ए मेरो हजुर २’ बनाउने भनेको लामै समय भैसकेको छ । तर, उनले नायिका नपाएर अझै चलचित्रको छायांकन सुरु गर्न सकेकी छैनन् । नायक पनि पाइसकेको र कार्यक्रम गरेरै सार्वजनिक गर्ने झरनाको भनाई छ । करिब डेढ बर्ष पछि झरना २ चलचित्रको छायांकनमा व्यस्त छिन् ।

 झरना अहिले पुर्वका रमणिय स्थानमा चलचित्र ‘झिल्के र साथी तिमी हौ’को एकसाथ छायांकन गरिरहेकी छिन् । उनले चलचित्र निर्देशन सुरु गरेपछि भने सो अवधीमा कुनै चलचित्रमा काम नगर्ने बताइन् । नेपाली चलचित्रकी चर्चित नायिका थापालाई अब फेरि एउटा हिट चलचित्र चाहिएको छ । के ‘झिल्के र साथी तिमी हौ’ले यो कुरा पूरा गर्ला त ? प्रतिक्षा गरौ ।

0 comments:

Post a Comment