300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Sunday, May 8, 2016

Tagged under:

हतियारसहित पक्राउ परेका २ जना सार्बजनिक

२६ वैशाख, काठमाडौं । मोरङ प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरी सार्बजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलन गरी विराटनगर ११ का ३३ वर्षीय सन्दिप प्याकुरेल र जीवन तामाङलाई सार्वजनिक गरिएको हो । प्रहरीले उनीहरुबाट बरामद भएको अमेरिकन पेस्तोल र खाली म्याग्जिन पनि सार्बजनिक गरेको छ । मोरङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्दिप भण्डारीका अनुसार विराटनगर १० स्थित कान्तिपुर होटलबाट उनीहरुलाई पेस्तोलसहित नियन्त्रणमा लिइएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक पवनकुमार भट्टराईको नेतृत्वमा गएको प्रहरीको टोलीले गएराति १ बजे उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक भण्डारीले दिएको जानकारीअनुसार तामाङको हतियार भएपनि प्याकुरेलले केही दिनदेखि बोक्दै आएका थिए । Pestol-पक्राउ परेकाहरुको साथबाट बरामद पेस्तोल तामाङले सो हतियार भारतको फारबेसगन्जबाट ३५ हजार नेरुमा किनेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ । ‘छिमेकी बैभव अर्यालको छोरी जन्मिएको उपलक्ष्यमा पार्टी गर्ने क्रममा सो होटलमा पुगेको देखिन्छ त्यसपछि उनीहरुले खानपीन गर्ने क्रममा प्याकुरेलले आफूसँग भएको पेस्तोल देखाएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा दिन सफल भएको हो,’ प्रहरी उपरिक्षक भण्डारीले पत्रकार सम्मेलनमा भने । उनीहरुलाई हात हतियार तथा खर खजाना ऐनअन्तर्गत मुद्दा समेत चलाइएको छ ।

0 comments:

Post a Comment