काठमाडौं : आफ्नो नेतृत्वमा सरकार बनाउने एमाओवादीको निर्णयले हिजोदेखि गर्माएको नेपाली राजनीतिमा बिहीबार अर्को खबर आयो – एमाओवादी रोकियो।
कांग्रेसको साथ रहेकाले वर्तमान सरकारबाट अलग हुने एमाओवादी अध्यक्ष प्रचण्डको वक्तव्य आएपछि ओली सरकारको आयुबारे धेरैले औंला भाँच्न थालिसकेका थिए।
तर, आज एकाएक राजनीतिक कोर्स फेरियो- सरकारले ‘पुनर्जीवन’ पायो।
तत्कालका लागि वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिनेमा एमाओवादी पुगेपछि धेरैले गरेका अनुमान गलत हुन पुगेका छन्।
सरकार परिवर्तनको यो बहस चलिरहँदा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि आ-आफ्नै तर्क राखिरहेका छन्।
प्रचण्डले ‘राष्ट्रिय स्वाधीनता एवं स्वाभिमानको रक्षा, शान्ति प्रक्रियाको बाँकी कार्यभार, राजनीतिक समस्यालाई वार्ताद्वारा समाधानसहित संविधान कार्यान्वयन र पुनर्निर्माणलाई केन्द्रमा राखेर एमाले नेतृत्वमा सरकार गठन गरे पनि सरकारले परिणाममुखी काम गर्न नसकेको’ भन्दै वक्तव्य जारी गरेको केही
घन्टा नबित्दै नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले फेसबुकमा लेखेका थिए- ‘सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी खेलझैं नेपालका पुराना राजनीतिक शक्तिहरू (वा पावर ब्रोकरहरू?) को पुरानै जानेमानेको खेल हो।’
राष्ट्रियताको नाममा सधैं यस्तो फोहरी खेल चलिरहने भन्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले दु:ख व्यक्त गरेका छन्।
Thursday, May 5, 2016
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment