300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Monday, May 16, 2016

Tagged under:

महानायक हमालको बैवाहिक जीवन संकटमा

आफ्नो जीवनको झण्डै पाँच दशक पार गरेपछि आफू भन्दा धेरै कम उमेरकी मधु भट्टराईसँग बैवाहिक बन्धनमा बाधिएका महानायक राजेश हमालको बैवाहिक जीवन अहिले संकटबाट गुज्रिरहेको छ ।

 विवाहपछि आफ्नो हरेक कार्यक्रममा पत्नीलाई साथै लिए जाने महानायक हमाल यतिवेला पत्नीलाई काठमाडौमै छाडेर आफू लामो अमेरिका बसाईमा रहेका छन । उनीहरुवीच खट्पट चर्को हुन थालेपछि मधुलाई छाडेर हमाल अमेरिका उडेको बताईएको छ । उनी अहिलेसम्म स्वदेश फर्किएका छैनन ।

 उनीहरुवीच टेलिफोन संबादसमेत केही समयदेखि हुन नसकेको बताईएको छ । उनीहरुवीच के विषयलाई लिएर खट्पट सुरु भएको हो भन्ने खवर बाहिर नआईसकेपनि हास्य कलाकार दिपा श्री निरौलाको एक कमेन्टले हमाल दम्पत्तिवीचको सम्बन्ध कठिन मोडमा पुगेको अनुमान लगाउन सकिन्छ

। निरौलाले एक कार्यक्रममा पत्रकारहरुको विवाह कहिले गर्ने भन्ने प्रश्नमा ‘तपाईहरुले राजेश हमालको बैवाहिक जीवन हेर्नु भएको छैन । त्यस्तो भएर म विवाह गर्न सक्दिन’ भनेर दिएको प्रतिक्रियाले भित्र भित्रै राजेश हमालको बैवाहिक जीवन कठिन मोडबाट गुज्रिरहेको प्रष्ट हुन्छ ।

0 comments:

Post a Comment