300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Monday, May 16, 2016

Tagged under:

सङ्घीय गठबन्धन नेपालले गरेको सिंहदरबार घेराउका क्रममा तीन घाइते, ३५ थान लाठी बरामद

सङ्घीय गठबन्धन नेपालले गरेको सिंहदरबार घेराउका क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिने क्रममा प्रदर्शनकारीतर्फ दुई जना सामान्य घाइते भएका छन् । प्रहरीमाथि ढुङ्गा प्रहार गर्ने नुवाकोट तारुका–८ का अनिल ढुङ्गानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 उक्त गठबन्धनले ल्याएका ३५ थान लाठी थापाथली चोकबाट प्रहरीले बरामद गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।प्रदर्शनका क्रममा घुसपैठ भएको भनी अर्घाखाँची पाली–८ का २३ वर्षीय रामप्रसाद पौडेललाई प्रदर्शनकारीले हातपात गर्दा आँखामा सामान्य चोट लागेकाले उपचारका लागि आँखा अस्पताल त्रिपुरेश्वर लगिएको छ । सोही ठाउँ बस्ने त्रिचन्द्र कलेजमा बिएस्सी प्रथम वर्षमा अध्ययनरत प्रकाश अधिकारीलाई प्रदर्शनकारीले नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त सिंहदरबारमा बुझाएको छ ।

0 comments:

Post a Comment