२० वर्षीया आयुुष्मा श्रेष्ठले मिस नेपाल २०१६ मा ‘फ्यान्टा मिस बब्ली’को उपाधि हात पारिन् । हाल सिनामंगलस्थित एस इन्टरनेसनल बिजिनेस स्कुुलमा स्नातक अन्तिम सेमेस्टरमा अध्ययनरत उनले भविष्यमा सफल उद्यमी बन्ने सपना बुनेकी छन् । सानैदेखि मिस नेपाल प्रतियोगितामा भाग लिने उनको चाहना थियो । प्रतियोगितामा सबैसँग घुुलमिल भएकाले हारजितको महसुुस नभएको ताप्लेजुुङमा जन्मिएकी आयुुष्माको भनाइ छ । प्रशिक्षणमा जित्ने सपनामात्र होइन हार स्वीकार्न पनि सिकाइएकाले शीर्ष उपाधि नजितेकोमा उनलाई गुनासो छैन । आयुुष्मासँग अन्नपूर्णकर्मी रामकला खड्काले गरेको कुुराकानी :
हिजोआज केमा व्यस्त हुुनुुहुुन्छ ?
डेढ महिनापछि कलेजमा अन्तिम परीक्षा छ । १५ दिनभित्र सबै एसाइनमेन्ट बुुझाउनुु पर्नेछ । त्यसैमा व्यस्त छु । कलेजमा म कहिल्यै अनुुत्तीर्ण पनि भएको छैन र साह्रै धेरै नम्बर पनि ल्याएको छैन ।
यो उपाधि जितेपछि कलेजका साथीहरूले कस्तो प्रतिक्रिया दिए ?
सबैले राम्रै भने । यो टाइटलले गर्दा कलेजका साथीहरूले मलाई फ्यान्टा फ्यान्टा भनेर बोलाउन थाले ।
मिस नेपालमा भाग लिएपछिको जीवन ?
मिस नेपाल प्रशिक्षणले मलाई परिस्कृत हुुने मौका दियो । यस अवधिमा आफूले सिकेका कुुरालाई दैनिक जीवनमा लागू गर्ने मौका पनि मिलेको छ । विगतलाई फर्केर हेर्दा मिस नेपाल प्रतियोगिताले मलाई पहिलेको भन्दा सक्षम र उत्तरदायी बनाएको छ । सिकेका कुरा जीवनमा लागू गर्न सदैव प्रयासरत रहनेछुु ।
फ्यान्टा मिस बब्लीको अनुुभव कस्तो रह्यो ?
प्रतियोगिता साँच्चिकै उत्साहजनक थियो । परि श्रमको फल सधैं मीठो हुुन्छ । मैले गरेको कडा परि श्रमबाट म उपाधि जित्छुु भन्नेमा विश्वस्त थिएँ । फ्यान्टा मिस बब्लीले मेरो रमाइलो बब्ली पक्षलाई अझै राम्रो ढंगले उजागर गरेको छ । अचेल सानासाना कुुरामा रमाउन सिकेकी छुु ।
फ्यान्टा मिस बब्ली टाइटलको तयारीका रमाइला क्षण के थिए ?
प्रतियोगिता एकदम रमाइलो थियो । प्रतिस्पर्धा कडा भए पनि, सबै प्रतिस्पर्धीले एकअर्कालाई आफ्नो अनुुभव बाँडेर रमाइलो गर्न मद्दत गरे । हामी एकआपसमा राम्रोसँग घुुलमिल भएकाले प्रतियोगितामा नआत्तिईकन राम्रो प्रदर्शन गर्न सक्यौं । रोमाञ्चक प्रतियोगिताको एक कडी हुुन पाएकोमा म धेरै खुुसी छुु ।
उपाधि जितेपछि तपाईंले ब्रान्ड फ्यान्टालाई कसरी सहयोग पुु¥याउने सोच राख्नुुभएको छ ?
सानैदेखि फ्यान्टा मेरो मन पर्ने ड्रिङ्स हो । ठूलो भएर यस ब्रान्डको उपाधि विजेता बन्नुु मेरो लागि उपलब्धि मान्नुुपर्छ । म सबैलाई गर्मीबाट राहत पाउन अरेन्जी फ्यान्टा पिउन प्रोत्साहित गर्नेछुु ।
प्रतियोगितामा सहभागी हुुन चाहनेका लागि तपाईंको सुुझाव के छ ?
पहिले आफू, आफ्नो सम्भावना र आन्तरिक शक्तिलाई पहिचान गर्नुुहोस् । सबैले सबै कुुरा जान्नुुपर्छ भन्ने छैन तर आफूसँग भएकोविशेष क्षमता पहिचान गर्नुुस् । त्यसलाई निखार्नुुस् । तपाईं आफैंप्रति इमानदार हुुने हो भने जित अवश्य हुुनेछ । जस्तोसुुकै परिस्थितिमा हाँस्न नछोड्नुुस् ।

0 comments:
Post a Comment