300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Wednesday, May 25, 2016

Tagged under:

विवाह गरेको केही मिनेटपछि डिर्भोस !

साउदी अरबमा एक जोडीले विवाह गरे लगत्ते डिर्भोस गर्ने निर्णयमा पुगेका छन् । निकै धुमधामसँग भएको विवाह सकिएपछि दुलाहा र दुलही आफ्नो पहिलो रात मनाउन होटल गएका थिए । होटल पुगेपछि दुलाहाले दुलहीलाई माया गर्न खोजे । तर, दुलही भने फोनमा व्यस्त रहन खोजिन् । फोनमा साथीहरुसँग व्यस्त रहन आवश्यक नभएको भन्दै दुलाहाले सम्झाउन खोजे । 

तर, भर्खर विहे गरेर ल्याएकी दुलही भने फोनमा व्यस्त रहन जरुरी सम्झिइन् । दुलाहाले प्रश्न गरे,‘म भन्दा तिम्रा साथीहरुले तिम्रो धेरै माया मान्छन् हो ।’ दुलहीले हो भनेपछि दलाहाको रिसको सिमा रहेन । गल्फ न्युजले दिएको जानकारी अनुसार त्यसपछि दुलाहाले डिर्भोस दिएर होटलबाट हिडेका थिए । 

 विवाह गर्ने क्रममा पनि दुलहीले दुलाहाले गरेका प्रश्नको कुनै वास्था गरेकी थिइनन् । दुलहीको रवैया असह्य भएपछि विवाहा गरेको दिनमै डिभोर्स दिने निर्णय दुलाहाले गरेका थिए । आफन्तजनहरु उनीहरुको मिलाप गराउन चाहे पनि दुलाहा नमानेको गल्फ न्युजले बताएको छ ।

0 comments:

Post a Comment