300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Wednesday, May 25, 2016

Tagged under:

पासपोर्ट थन्काउनुस्, नेपालमै १२ लाखलाई रोजगारी खुल्दैछ

काठमाडौं । कामको खोजीका लागि दैनिक सरदर २ हजार युवा विदेश गइरहेका बेला सरकारले आउँदो तीन वर्षभित्र १२ लाख रोजगारीका अवसर सिर्जना गर्ने भएको छ । आउँदो साउनदेखि कार्यान्वयनमा आउने त्रिवर्षीय योजना आवधि ( आर्थिक वर्ष २०७३/७४-०७५/७६) भित्र वार्षिक ४ लाखका दरले रोजगारी बढाउने सरकारले घोषणा गरेको छ ।

 सरकारी, निजी, सहकारी तथा सामुदायिक र अन्य क्षेत्रबाट संयुक्त रुपमा हुने लगानीले देशको प्रमूख तथा समष्टिगत सूचकमा सकारात्मक प्रभाव पार्ने भएकाले अपेक्षित रोजगारी वृद्धि हुने सरकारको दाबी छ । राष्ट्रिय योजना आयोगले तयार गरेको चौंधा त्रिवर्षिय योजनाको आधारपत्रमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय अन्तरर्भिरता उपयोग गरी स्वस्थ्य र आत्मनिर्भर अर्थतन्त्रको विकासमार्फत प्रतिवर्ष ४ लाख रोजगारीको अवसर बढ्ने उल्लेख छ । कारोबार दैनिकमा समाचार छ ।

0 comments:

Post a Comment