300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Wednesday, May 25, 2016

Tagged under:

कोलकातासँग हैदराबादले यसरी लियो बदला

काठमाडौं – सनराइजर्स हैदराबाद लामो समय इन्डियन प्रिमियर लिग (आइपीएल) को शीर्ष स्थानमा थियो । तर, आफ्नो अन्तिम खेलमा कोलकाता नाइट राइडर्ससँग २२ रनले पराजित भएपछि एलिमिनेटर खेल्न बाध्य भयो । उता, हैदराबादलाई पराजित गर्दै कोलाकाताले शीर्ष चारमा स्थान बनायो । 

बुधबार दुई टोलीबीच भएको इलिमिनेटर खेलमा कोलाकातालाई २२ रनले हराउँदै हैदराबाद दोस्रो क्वालिफायरका लागि छनौट भएको छ । हैदराबादले प्रस्तुत गरेको १६३ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १४० रनमा सिमित बन्यो । कोलकाताका लागि मनिष पाण्डेले सर्वाधिक ३६ रन बनाए भने कप्तान गौतम गम्भिर र सुर्यकुमार यादवले क्रमशm २८ तथा २३ रन बनाए । 

तर, अन्तिम ५ ओभरमा हैदराबादले कसिलो बलिङ गर्दै ३० रन मात्र खर्च गरेपछि कोलकाता हार्न पुग्यो । हैदराबादका लागि भुवनेश्वरले ३ तथा मोइस हेनरिक्सले २ विकेट लिए । यसअघि, टस हारेर पहिलो ब्याटिङ गरेको हैदराबादले ८ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको थियो । हैदराबादका लागि युवराज सिंहले सर्वाधिक ४४ रन बनाए भने म्यान अफ द म्याच घोषित हेनरिक्सले ३१ रन बनाए । कप्तान डेभिड वार्नरले २८ रन बनाए । 

 कोलकाताका लागि कुलदीप यादवले ३ तथा जेसन होल्डर र मोर्ने मोर्कले २–२ विकेट लिए । कोलकाता हार्नुको ५ कारण – अन्तिम ५ ओभरमा रन बनाउन नसक्नु – कोलिन मुनरो रन आउट हुनु – भुवनेश्वर कुमारको घातक बलिङ – हेनरिक्सको अलराण्उड खेल – युवराजको ब्याटिङ र फिल्डिङ अब मे २७ मा हैदराबाद र गुजरात लयान्सबीच दोस्रो क्वालिफायर हुनेछ । विजेता टोलीले मे २९ मा रोयल च्यालेन्जर्स बैंग्लोरसँग फाइलनमा भिड्नेछ ।

0 comments:

Post a Comment