चैत २३ गते साँझ सानेपास्थित गुण्डा नाइके विश्वक्रान्ति सिंहको कोठाबाट छापा मार्यो ।
उक्त अपरेसनको लागि महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी पिताम्बर अधिकारीले महानगरीय प्रहरी परिसर ललितपुरका एसपी अशोक सिंहको कमाण्डमा खटिएका महानगरीय अपराध महाशाखाबाट ललितपुर प्रहरी परिसर खटिएको सादा पोसाकको प्रहरीसहितको संयुक्त टोली परिचालन गरेका थिए ।
एसएसपी अधिकारीको निर्देशनबमोजिम एसपी सिंह नेतृत्वको प्रहरी टोली सानेपास्थित विश्वक्रान्ति सिंहको डेरामा पुग्यो । प्रहरी टोली डेरामा पुग्दा विश्वक्रान्ति आफ्नो डेरामा आराम गरेर बसिरहेका थिए ।
प्रहरी टोलीले तुरुन्तै उनी डेरा गरी बसेको घर घेरा हालेर खानतलासी गर्नथाल्यो ।
खानतलासीको क्रममा उनको डेराबाट सिरियल नम्बर पी ५६४४६४ को सर्टगन एक थान र त्यसमा लाग्ने गोली २८ रायण्ड, सिरियल नम्बर १०६३६ नम्बरको ३७५ बोरको एक नाले राइफल एक थान र त्यसमा लाग्ने गोली एक
सय ३० राउण्ड, दुई सय ८१ चिनियाँ युआन, सेतो प्लाष्टिकको बट्टाभित्र राखिएको सी हर्य एक थान, राहदानी दुई थान, तमसुक दुइृ थान र एक थान कोर्रा बरामद गर्यो । प्रहरी टोलीले हातहतियारसहितको सामग्रीसहित विश्वक्रान्तिलाई हत्कडी लगाएर महानगरीय प्रहरीपरिसर जावलाखेल ललितपुर पुर्याएर हिरासतमा राख्यो । त्यसलगत्तै परिसरको मुद्दा शाखामा कार्यरत प्रहरी नायब निरीक्षक रमा धामीसहितको प्रहरी टोली सानेपास्थित विश्वक्रान्तिको डेरामा पुगेर उनकी श्रीमतीको रोशबरमा बरामद सामग्रीको मुचुल्का गर्न थाल्यो ।
त्यही बीचमा ललितपुर प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीको अत्यन्तै विश्वासपात्र मानिने महानगरीय प्रहरी प्रभाग पुल्चोकका प्रमुख द्वारिका घिमिरे पनि आफ्नो साथमा एक जना सादा पोसाकका प्रहरी लिएर मुचुल्कास्थानमा पुगिसकेका थिए ।
प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले विश्वक्रान्तिाई पटक–पटक टेलिफोन सम्पर्क गरेको देखिएपछि आयोगले अनुसन्धान एसएसपी अधिकारीतर्फ मोडिएको थियो । सोही अनुसन्धानको क्रममा आयोगले एसएसपी अधिकारीलाई समेत आयोगमा उपस्थित गराएर बयान लिएको थियो ।
एसएसपी अधिकारीले आयोगमा उपस्थित भएर गरेको स्वयम् लिखित बयानमा विश्वक्रान्तिसँग आफूले टेलिफोन सम्पर्क गरेको स्वीकार गरेका छन् ।
तपाईंको मोबाइलबाट सिंहलाई फोन गर्नुभएको देखिएकाले यसमा तपाईसमेतको सहभागिता छैन भन्ने आधार खुलाई दिनुहोस् ।
विश्वक्रान्तिलाई कसरी चिन्नुभयो ? भन्ने प्रश्नमा एसएसपी अधिकारीले विश्वक्रान्ति सिंह मानिस गुण्डा प्रवृतिका बदनाम व्यक्ति हुन भन्ने मलाई जानकारी थियो, त्यसैगरी ललितपुरको मिनकृष्ण महर्जन भन्ने पनि त्यस्तै प्रकृतिका हुन् ।
मैले मेरो टिमका प्रउ, प्रनाउ र प्रनिहरुसँग बसेर यस्ता गुण्डाप्रवृतिका व्यक्तिहरुको निगरानी गर्नुपर्छ भन्ने निर्देशन दिएको थिएँ । सूचना लिने दिने क्रममा नै निजको मोबाइलमा सम्पर्क भएको हुनुपर्छ । खासगरी विश्वक्रान्तिलाई निगरानी गर्नु भनेर निर्देशन दिएको थिएँ भन्दै आफ्नो बचाउ गरेका छन् ।
सामान्यतया सूचना लिनेदिने क्रममा प्रहरी प्रमुखहरुले आफ्नो महतहतको अपराध अनुसन्धान गर्ने शाखाको तल्लो तहको कर्मचारी प्रयोग गर्ने गर्दछन् तर एसएसपी अधिकारीले आफैंले स्वयम् विश्वक्रान्तिसँग पटक–पटक सूचना आदानप्रदानको नाममा सम्पर्क गरेको देखिनु, सम्पर्क देखिँदा समेत सम्बन्धित निकायले तल्लो तहको प्रहरी अधिकारीलाई मात्र बलीको बोका बनाएर मुख्य व्यक्तिलाई कारबाही नगरी उन्मुक्ति दिनु तथा त्यसको केही दिनमै सिंह लागुऔषधसहित त्रफाउ पर्नु संयोग मात्र मान्न नसकिने कानुनका ज्ञाताहरु बताउँछन् । आजको आर्थिक दैनिकमा खबर छ ।

0 comments:
Post a Comment