300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Wednesday, May 25, 2016

Tagged under:

१५७ बन्दकर्ता पक्राउ, तीनवटा गाडी तोडफोड

१३ जेठ, काठमाडौं । ट्राफिक जरिवाना रकम बढेको बिरोधमा चक्का जामको आयोजना गरेका व्यवसायीले तीनवटा सवारी साधनमा तोडफोड गरेका छन् । उनीहरुले राजधानीको सुकेधारामा बा १ ज १५९९ नम्बरको ट्याक्सी, टेकुमा ना १ ज ८४१३ नम्बरको टाटासुमो र टेकुमा बा २ ज २००० नम्बरको ट्याक्सी तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ । 

जबर्जस्ति बन्द गराउदै हिड्ने १५७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजधानीको गौशाला, बालाजु, ललितपुरका विभिन्न स्थानमा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । व्यवसायीको बन्दका कारण सर्वसाधारण भने मर्कामा परेका छन् । भाडाका सवारी साधान नचल्दा आफ्नो गन्तव्यमा पुग्नेहरुमा हतारो देखिएको छ । निजी सवारी साधन भने निर्वाध रुपमा सञ्चालनमा रहको ट्राफिक प्रहरीले जनाएको छ ।

0 comments:

Post a Comment